site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मेस्सीको दुई गोल, बार्सिलोना क्वाटरफाइनलमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपा डेल रे अन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा सेल्टा भिगोलाई ५ – ० ले हराउदै बार्सिलोना क्वाटरफाइनलमा पुगेको हो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा लुइस स्वारेज, जोर्डी अल्बा र इभान राकिटिकले समान एक एक गोल गरे । यो जितसँगै बार्सिलोनाले समग्रमा ६ – १ को जितसहित  क्वाटरफाइनलमा स्थान बनाएको हो । सेल्टाको मैदानमा भएको पहिलो लेग १ – १ गोलको बराबरीमा सकिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नाउ क्याम्पमा मेस्सीले दुई मिनेटमा दुई गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । मेस्सीले खेलको १३  औं र १५ औं मिनेटमा गोल गरेर बार्सिलोनालाई सुरुवाती १५ मिनेट भित्र नै २ – ० को अग्रता दिलाए । खेलको २८ औं मिनेटमा अल्बाले गोल गर्दा बार्सिलोनाको अग्रता ३ – ० ले अघि रह्यो । ३१ औं मिनेटमा स्वारेजले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई ४ – ० को अग्रता दिलाए ।

पहिलो हाफमा ४ – ० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्यो । सेल्टाबिरुद्ध एकतर्फी खेलेको बार्सिलोनाले ८७ औं मिनेटमा राकिटिकको गोलबाट ५ – ० को अग्रता बनायो । त्यसपछि थप गोल हुन् सकेनन् र खेल बार्सिलोनाले सहजै आफ्नो बनायो ।

Global Ime bank

कोपा डेल रे अन्तर्गत नै बिहिबार राति दोस्रो लेगमा जित निकाल्दै सेभिया र स्पानियोल पनि अन्तिम आठमा प्रवेश गरेका छन् । योसँगै कोपा डेल रेको अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । रियल मड्रिड, एथ्लेटिको मड्रिड, भ्यालेन्सिया, लेगानेस र अलाभेसले यसअघि नै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC