एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छाड्ने भएका छन् । कोन्टेले यो सिजनको अन्यमा क्लब छाड्ने भएको बेलायती मिडिया डेलीमेलले जनाएको छ ।
गत बर्ष चेल्सीलाई प्रिमियर लिगको उपाधि दिलाएका कोन्टेको क्लबसँगको सम्झौता अर्को बर्षसम्म रहेको छ । तर, कोन्टेले सम्झौता सकिनु अघि नै क्लब छाड्ने निर्णय गरिसकेको डेलिमेलले समचार लेखेको छ । चेल्सी छाडेपछि कोन्टे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने सम्भावना रहेको बताइएको छ । त्यस्तै जिनेदान जिदानलाई रियलले बर्खास्त गरेमा उनी स्पेनिस क्लब रियल मड्रिड जाने सम्भावना समेत रहेको छ ।
यता, चेल्सीले कोन्टेको स्थानमा मासिमिलियानो एलेग्री र लुइस इन्रिके मध्ये एकलाई प्रशिक्षकको जिम्मेवारी दिने तयारी समेत गरेको डेलिमेलले जनाएको छ । एलेग्री हाल इटालियन क्लब युभेन्टसका प्रशिक्षक छन् भने इन्रिके स्पेनिस क्लब बार्सिलोनाका पुर्व प्रशिक्षक हुन् ।
इटालियन प्रशिक्षक कोन्टे सन् २०१६ मा इन्ग्लिश क्लब चेल्सी आएका थिए । पुर्व इटालियन प्रशिक्षक तथा पुर्व खेलाडी समेत रहेका ४८ बर्षिय कोन्टेले चेल्सीलाई गत सिजन प्रिमियर लिगको उपाधि दिलाएका थिए । तर, कोन्टेको टोलि चेल्सी एफए कपको फाइनलमा भने आर्सनलसँग पराजित हुँदा दुई उपाधि जित्नबाट बन्चित भएको थियो ।