site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनसेल मेला शनिबार जाउलाखेलमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनसेल प्रा.लि.ले आफ्ना ग्राहकसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न, शनिबार ललितपुरको जाउलाखेल फुटबल मैदानमा एनसेल मेला २०७४ आयोजना गरेको जनाएको छ ।

विराटनगर र पोखरामा भव्यरुपमा आयोजना पश्चात यो मेला विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सहित जाउलाखेलमा आयोजना गर्न लागिएको हो । 

गीत(संगीत लगायत सबै उमेर समुहका दर्शक तथा आगन्तुकहरुका लागि विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेला बिहान ११ बजे सुरु भई कम्सर्ट सहित साँझ ६ बजे सम्म चल्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

चर्चित कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), चर्चित सांगीतिक समुहहरु कबवेभ र द एजले मेलामा सहभागी सबै दर्शकलाई आ(आफ्ना प्रस्तुतीहरु मार्फत मनोरञ्जन प्रदान गर्नेछन् । 

मेलाको अरु आकर्षणहरुमा विभिन्न गेम स्टलहरु, किडस् जोन, फोरजी जोन र फुड स्टलहरु पनि रहेनछन् । 

Global Ime bank

एनसेल मेलामा स(साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ कार्यक्रमको आयोजना गरिनेछ । त्यसैगरी बालबालिकाका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकर्षणहरु रहनेछन् । 

आगन्तुकहरुलाई मनोरञ्जन प्रदान गर्नका लागि मेलामा फोरजी थिममा आधारित पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता गेम्स्, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेमहरु पनि रहनेछन् । प्रवेश निःशुल्क हुने यस मेलामा रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाउनेछ । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्ने एनसेलले जनाएको छ ।

“पोखरा र विराटनगरमा भव्य रुपमा मनोरञ्जन प्रदान गर्न सफल एनसेल मेलाले काठमाडौं उपत्यकामा पनि दर्शकहरुलाई आ(आफ्ना साथीभाई र परिवारजनसँग खुसीयाली साट्न राम्रो अवसर प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं,” एनसेलका कर्पोरेर सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने, “मेलामा आगन्तुकहरुले कम्पनीले २१ शहरमा प्रदान गर्दै आएको देशकै वृहद नेटवर्क भएको फोरजी सेवा लगायत अन्य सेवा र सुविधाहरुका बारेमा पनि जानकारी लिन सक्नेछन् ।”

यस अघि एनसेलले पोखरामा पुष ८ गते र विराटनगरमा पुष १५ गते एनसेल मेला २०७४ को आयोजना गरेको थियो । पोखराबाट शुरु भएको यो एनसेल मेला २०७४ शनिबार ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC