site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेविसंघमा आन्तरिक विवाद, फेरि समानान्तर कार्यक्रम
Ghorahi CementGhorahi Cement

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आन्तरिक विवाद चुलिँदै गएको छ । 

राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेको नेविसंघले शुक्रबार फेरी अलग–अलग कार्यक्रम गरेको छ । नेविसंघका अध्यक्ष नैनसिँह महर पक्षले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई हस्ताक्षर बुझाउँदै गर्दा असन्तुष्ट पक्षले काठमाडौं महानगरपालिका कार्यालयमा धर्ना दिएको हो । 

अध्यक्ष महरले मनोमानी ढंगबाट संगठनलाई चलाउन खोजेका कारण आफुहरुले नेविसंघलाई समानान्तर रुपमा अगाडि बढाउनु परेको असन्तुष्ट पक्षमा रहेकी नेविसंघकी उपाधयक्ष उर्मिला थपलियाले बताइन् । 

Agni Group

अध्यक्ष महरले पक्षपात गरेका कारण कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट विद्यार्थी नेताहरुले फरक ढंगबाट सोच्नुपरेको उनको भनाई छ । 

‘‘समान दृष्टिकोणबाट नहेरेपछि पृथक तरिकाले जो पनि चल्छ,’’ उपाध्यक्ष थपलियाले भनिन्, ‘‘अध्यक्ष महरविरुद्ध हामी समानान्तर ढंगले चलिरहेका हौं ।’’ असन्तुष्ट पक्षले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई नेविसंघमा रहेको मनोमानी रोक्न माग गर्दै ज्ञापन पत्र बुझाए पनि सम्बोधन नभएको गुनासो समेत गरेको छ ।  

Global Ime bank

पौडेल पक्षीय विद्यार्थी नेताहरुले अध्यक्ष महरको नेतृत्वमा स्थानीय प्रशासनमा बुझाइएको हस्ताक्षरबारे अनभिज्ञता प्रकट गर्दै आफुहरुले पूर्वनिर्धारित कार्यक्रमअनुसार महानगरपालिकामा एकघण्टा धर्ना दिएको स्पष्ट पारेका छन् ।

उनीहरुले धुलो, धुवाँरहित काठमाडौँ निर्माण गर्न माग गर्दै काठमाडौँ महानगरपालिका अगाडि एक घण्टा धर्ना दिएको थिए ।

त्यस्तै अध्यक्ष महर समुहले प्रधानमन्त्री देउवालाई केही दिन अघि दिइएको अल्टीमेटम पूरा गर्नका लागि दवाव सिर्जना गर्न संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई बुझाएको छ । 

गत सोमबार नेविसंघले उच्च शिक्षामा सबैको पहुँच पु¥याउन सर्टिफिकेट धितो राखेर सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने, सबै स्थानीय तहमा प्राविधिक शिक्षाको व्यवस्था गर्नुपर्ने, देशभरका सबै शैक्षिक संस्थाहरुमा ई–लाईब्रेरीको व्यवस्था गर्नुपर्ने, विद्यार्थीहरुलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्नपर्ने माग गर्दै सरकारसँग ज्ञापन पत्र बुझाएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC