site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनआईसी एशिया म्यूचुअल फण्डको विक्री खुला 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको एनआईसी एशिया ग्रोथ फण्ड माघ  २ गतेदेखि बिक्री खुला हुँदैछ । 

औषतमा बैंकहरुले दिने निक्षेपको बार्षिक प्रतिफल भन्दा म्यूचुअल फण्डले उच्च प्रतिफल दिने विश्वासले  सर्वसाधारणहरुको म्यूचुअल फण्डप्रति आर्कषण बढदै गहिरहेको छ । 

उक्त म्यूचुअल फण्डले औषत बार्षिक रुपमा न्यूनतम १६ प्रतिशत सम्म नगद लाभाँश दिने अपेक्षा  एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

साथै, म्यूचुअल फण्डको बार्षिक प्रतिफल पहिलो बर्ष १५.५७ तथा सातौ बर्षमा १६.१३ प्रतिशत दिने लक्ष्य लिएको छ ।

लगानीबाट प्राप्त आम्दानीको आधारमा प्रतिफल वितरण गरिने हुँदा यसबाट प्राप्त हुने प्रतिफल उच्च हुनेमा क्यापिटल विश्वस्त रहेको छ । साथै यस फण्डले आम्दानीको आधारमा आफ्ना इकाई धनिहरुलाई प्रत्येक बर्ष नगद लाभाँश वितरण गर्नेछ । 

Global Ime bank

एनआईसी एशिया क्यापिटल लि.ले यो योजनाका इकाईहरु यही माघ २ गते, मंगलबारदेखि बिक्री खुला गर्दैछ । 

उक्त फण्डको आकार १ अर्ब रुपैयाँको रहेको छ । जसमध्ये सो को १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंक लिमिटेडलाई सुरक्षित गरिएको छ । 

बाँकी रहेको ८ करोड ५० लाख इकाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुका लागि बिक्री गरिनेछ । यो योजन छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गते सम्मा निष्काशन तथा बिक्री खुला हुनेछ । 

यो म्यूचुअल फण्डमा सहभागी हुन चाहाने संघसंस्था तथा व्यक्तिहरुले न्यूनतम १०० इकाई देखि अधिकतम् २० लाख इकाई सम्म खरिद गर्नका लागि आवेदन गर्न सकिनेछन् । 

उक्त इकाईहरु नेपाल स्टक एकस्चेन्ज लि.मा सूचीकरण गराई धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्ने व्यवस्था मिलाईने कुरा प्रमुख कार्यकारी अधिकृत ढुङ्गेलज्यूले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC