site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । २० औँ भूकम्प सुरक्षा दिवस सुरक्षित घर अभियानका साथ मनाइने भएको छ । 

विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेट जाँदाको महाभूकम्पको स्मृतिमा गृह मन्त्रालयको संयोजनमा विसं २०५५ देखि यो दिवस मनाउने गरिएको हो । दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ठूलो धनजनको क्षति गरेको थियो । 

गोरखाको बारपाक केन्द्रबिन्दु भएर आएको यो भूकम्पले १४ जिल्लामा धेरै क्षति भएको थियो । १७ जिल्ला प्रभावित भएका थिए । आठ लाख बढी घर पूर्णरुपमा क्षति भएको थियो । करिब नौ हजार मानिसले जीवन गुमाएका थिए । 

Agni Group

भूकम्पीय जोखिम न्यूनीकरण, प्रतिकार्य, पूर्वतयारी तथा सुरक्षित भवन निर्माणलगायतका विषयमा चेतना जगाउनसके जनधनको क्षति कम गर्न सकिने विश्वासका साथ दिवसको शुरुआत गरिएको आज शहरी विकास तथा भवन निर्माण विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बहु आयामिक प्रकोपबाट बच्नसक्ने गरी निजी आवास, सरकारी एवं अन्य भौतिक संरचना निर्माण गरिनुपर्नेमा जोड दिए । 

Global Ime bank

“भवन संहितालाई सरल र सहज बनाइनुपर्छ, संहितामा भएका अप्ठ्यारालाई सामान्य मानिसले पनि बुझ्नसक्ने गरी परिमार्जन गर्नुपर्छ”– उनले भने । 

मंसिरमा भूकम्प प्रभावित सबै स्थानीय तहका वडामा प्राविधिक पुगेको, निर्माण सामग्रीको सुनिश्चितता गरिएको र ३२ वटै जिल्लामा दक्ष निर्माणकर्मीको तालीम दिइएको प्रमुख कार्यकारी अधिकृत भुसालले बताए । 

कार्यक्रममा गृहमन्त्रालय विपद् व्यवस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउतले देशभरका ७५३ स्थानीय तहमा विपद् व्यवस्थापनको काम गर्ने गरी समन्वय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको बताए । 

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्माले भवन संहिता कार्यान्वयनकै लागि भूकम्पपीडितलाई तीन किस्तामा अनुदान वितरण शुरु गरिएको बताए । 

नेपाल भौगर्भिक समाजका अध्यक्ष डा कविराज पौडेलले विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि पाँच वटा अन्तर्राष्ट्रिय संस्थाले गरेको अनुसन्धानले नेपालको जमिन नै भौगर्भिकरुपमा जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेको सुनाए । 

माघ २ गते ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ नाराका साथ वसन्तपुरमा मूल समारोह आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

भूकम्प सुरक्षा दिवसको कार्यक्रम ७७ वटै जिल्लामा विविध कार्यक्रमको आयोजना गरी मनाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको सो अवसरमा जानकारी गराइयो । 

सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले सुरक्षित घर अभियानको शुभारम्भ गर्नुभयो । सुरक्षित पुनःनिर्माणका विषयमा प्रचारप्रसार गर्न सामाजिक सञ्जालका माध्यमबाट यो अभियान चलाइने छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  ०३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC