राजनीति

प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी चाँडो तोक्नुपर्छ : डा महत

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा रामशरण महतले सरकारले चाँडो प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नुपर्ने बताएका छन् । 

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले भने, “सरकारले संविधानमा भएका अप्ठ्यारालाई तत्काल समाधान गरी सत्ता हस्तान्तरण गर्नुपर्छ, ।” 
डा महतले सर्वोच्च अदालत र प्रा डा गोविन्द केसीबीच भएको विवाद कानूनसम्मत समाधान गर्नुपर्नेमा जोड दिए । 

नेकपा एमालेका सचिव योगेश भट्टराईले वाम गठबन्धनले जनतालाई बहुमत दिएकाले नयाँ सरकार गठनका लागि सरकारले चाँडो मार्गप्रशस्त गर्नुपर्ने बताए । 

“निर्वाचन आयोगले समानुपातिकको नतिजा सार्वजनिक नगरेर नाटक मञ्चन गरिरहेको छ, संवैधानिक निकाय पदीय जिम्मेवारीमा बस्नुपर्छ,”, उनले भने। 

नेकपा माओवादी केन्द्र का नेता दीनानाथ शर्माले निर्वाचन आयोग र सरकारले नयाँ सरकार गठन गर्ने बाटो खोल्नुपर्ने बताए । “बहुमत प्राप्त दललाई नयाँ सरकार गठन गर्ने बाटो खुला गर्नुपर्छ,”, उनले भने । रासस

तपाईंको मत