site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

वासिङ्टन डिसी । अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सुरक्षा सहायतासम्बन्धी बजेट रोक्ने निर्णय गरेपछि त्यस विषयमा पाकिस्तानमा व्यापक मात्रामा चर्चा सुरु भएको समाचार छ । 

बिगत लामो समयदेखि दिँदै आएको सहयोग अमेरिकाले रोक्ने हालै जनाएको थियो । पाकिस्तानले इस्लामिक अतिवादी सशस्त्र समूहका विरुद्धको कारबाहीलाई सशक्त बनाउन नसकेको भन्दै आफूले दिँदै आएको सो सहायता रोक्ने निर्णय गरेको समाचार हालै आएको थियो । 

अमेरिकी राष्ट्रपतिले गरेको सो निर्णयपछि यसका कारण कुन कुन क्षेत्रमा के कस्तो प्रभाव पार्ने हो भन्ने बारेमा पाकिस्तानमा चर्चा सुरु भएको समाचारहरुमा जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यद्यपि अमेरिकाले भने कुन कुन क्षेत्रको सहयोग के कति मात्रामा रोक्ने हो भन्ने बारेमा भने केही बताएको छैन । 

पाकिस्तानमा आतङ्क मच्चाइरहेका हक्कानी नेटवर्क र अफगानिस्तानका तालिबानका विरुद्धमा पाकिस्तानले सशक्त रुपमा काम गर्न नसकेको अमेरिकी विदेश मन्त्रालयको आरोप छ । 

Global Ime bank

उनीहरुका बिरुद्ध सशक्त रुपमा कारबाही नगर्दासम्म अमेरिकाले दिँदै आएको उक्त सहायता निलम्बन गर्ने अमेरिकी विदेश मन्त्रालयले बताएको समाचारमा जनाइएको छ । 

अहिले नै के कति मात्रामा उक्त सहायता रकम वा सहायता रोक्न लागिएको हो भन्ने बारेमा अमेरिकाले पनि केही भनेको छैन । आफै पनि आतङ्कवादका विरुद्धमा लडिरहेको पाकिस्तानका लागि भने यस रकमले पनि ठूलो असर पार्न सक्ने देखिएको छ । 

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कमा भएको हिंसात्मक हमलापछि पाकिस्तान पनि आतङ्कवाद विरुद्धको अमेरिकी अभियानमा जोडिएको थियो ।     

त्यस समय अल कायदा भनिने आतङ्कवादी संगठनले न्युयोर्कमा हमला गरेको थियो । सो हमलाका विरोधीहरुलाई कारबाही गर्नेभन्दै पाकिस्तानले अमेरिकाबाट अरबौँ डलर सहायता प्राप्त गर्ने गरेको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC