site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अनशन बसेर न्यायालयलाई प्रभावित नपार्न डा. महतको डा. केसीलाई सुझाव 
Sarbottam CementSarbottam Cement

काडमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जुलुश निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न डाक्टर गोविन्द केसीलाई सुझाव दिएका छन् ।

उनले भने, “अदालत भनेको स्वतन्त्र न्यायापालिका हो, यही मान्यता अनुसार स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ, कुनै दबाब वा हस्तक्षेप गर्नुहुँदैन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

अदालतको विषयमा पार्टीको अडान हुन नहुने उनको भनाई थियो । उनले भने, “दलहरुले अदालतलाई प्रभाव पाने कुरा गर्नुहुँदैन्, यो गलत हुन्छ,” महतले गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागेको विषयप्रति टिप्पणी गर्दै भने, “जहाँसम्म केसीको माग छ । राजीनामा दिने वा नदिने भन्ने कुरा प्रधानन्यायाधीशको आफ्नो कुरा हो, तर आरोपका आधारहरु प्रमाणित गर्नुपर्छ, सत्यता हो कि होईन भन्ने कुरा आउनुपर्छ ।”

उनले केसीले उठाएका शैक्षिक तथा स्वास्थ्यसम्बन्धी मागहरुमध्ये आफू अर्थमन्त्री हुँदा कतिपय मागहरु पूरा गरिदिएको पनि जानकारी दिए । 

Global Ime bank

नेता महतले मुलुकमा निर्वाचनपछि संक्रमणकाल सकिएको भनिएपनि नयाँ संक्रमणको सुरुवात भएको गुनासो पोखे । संघीय प्रणालीमा मुलुक जाँदाखेरि नयाँ खाले संक्रमणहरुको सुरुवातहरु देखिएको उनको भनाई थियो । 

आफूले सुरुवातदेखि नै संघीय व्यवस्था मुलुकले धान्न सक्ने खालको बनाउनुपर्छ भनेर आवाज उठाउँदै आएको र सोही अनुसार विभिन्न लेखहरु समेत लेखेको स्मरण गराउँदै उनले भने, “अहिले ११५ अर्ब ऋण लिईएको छ, अनुत्पादक खर्चहरु भएका छन्, मितव्ययी बनाउनुपर्छ भनेर म सुरुदेखि नै बोल्दै आएको छु ।”

उनले अहिले राजनीतिक रुपमा पनि प्रवृत्ति राम्रो नदेखिएको आरोप लगाए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  २२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement