site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्वाचन आयोगले नै हलो अड्काउने काम गरेको शर्माको आरोप 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नयाँ सरकार गठन गर्ने काममा निर्वाचन आयोगले हलो अड्काउने काम गरिरहेको आरोप लगाएका छन् । 
नेता शर्माले भने, “निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर अड्को थाप्ने काम गरिरहेको छ, यो समयमै मतपरिणाम घोषणा गर्नुपर्दथ्यो तर अहिलेसम्म गरेन, यो दुःखको कुरा हो ।”

उनले एउटा निर्वाचनको अर्को निर्वाचनसँग कुनै सम्बन्ध नभएको पनि जिकिर गरे । 

Agni Group

शर्माले समानुपातिकतर्फको मतपरिणाम आयोगले रोक्नुको कुनै कारण नभएको पनि स्पष्ट पारे । उनले भने, “आयोगले अहिले जे गरिरहेको छ, त्यो बेठीक गरेको छ, सरकार बनाउने काममा आयोगले हलो अड्काउने काम गर्यो ।”

उनले प्रधानमन्त्री शेरबहादुर देउवालेपनि नयाँ सरकार गठनको लागि सहजीकरण नगरेको गुनासो पोखे । उनले भने, “एक दुई महिना बढि नै सरकारमा बसौंला भन्ने होला तर यसले स्वयम् कांग्रेसलाई नै बद्नाम गर्ने काम गरेको छ, मन्त्रीहरुलाई व्यक्तिगत रुपमा शुभलाभ होला तर लोकतन्त्रको लागि राम्रो भएको छैन ।”

Global Ime bank

एकल संक्रमणीय व्यवस्थाअनुसार नै राष्ट्रिय सभाको निर्वाचन हुने भन्ने सहमति भएपछि पनि देउवाले छिटो–छरितो काम नगरेको पनि शर्माको आरोप थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC