site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
ऐश्वर्या राय बच्चनको पारिश्रमिक १० करोड !
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिउड अभिनेता र अभिनेत्रीको पारिश्रमिकमा हुँदै आएको भेदभावको विषयमा लामो समयदेखि बहस चलिरहेको छ ।  सोही बहसकाबीच नयाँ वर्षको सुरुवातमै केही फरक र नयाँ विषय सार्वजनिक भएको छ ।

बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बच्चनलाई नरगिसको आइकोनिक फिल्म ‘रात और दिन’ को रिमेक अफर गरिएको छ ।  जसका लागि ऐश्वर्याले निर्माण पक्षसँग ठूलो पारिश्रमिकको प्रस्ताव राखेकी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बलिउड सुत्रका अनुसार ऐश्वर्याले फिल्मको निर्माण पक्षसँग १० करोड रुपैयाँ पारिश्रमिकको प्रस्ताव राखेकी हुन् ।  फिल्ममा ऐश्वर्याले निभाउनुपर्ने दोहोरो भूमिकाका कारण यो प्रस्ताव राखेको बताइएको छ । 

यो प्रोजेक्टमा लामो समय लाग्न सक्ने अनुमान गरिएको छ । यस प्रोजेक्टका लागि निर्माण पक्षसँग सम्झौता भए ऐश्वर्याले अर्को प्रोजेक्टमा तत्काल काम नगर्ने पनि बताइएको छ । 

Global Ime bank

प्राप्त खबर अनुसार ऐश्वर्याको प्रस्तावलाई निर्माण पक्षले स्वीकार समेत गरिसकेको छ । ऐश्वर्या अहिले फिल्म ‘फन्ने खां’ को शूटिङमा व्यस्त छिन् । आगामी ईदमा ऐश्वर्याको फिल्म ‘फन्ने खां’ को रिलीज सलमान खानको ‘रेस ३’ का साथ भिडाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  ०३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC