काठमाडौं । कुनै समय सनी देओल र डिम्पल कपाडियाको एक तस्बिर सोसल मिडियामा निकै भाइरल भएको थियो । तस्बिरमा दुवैजना एक अर्काको हात समातेर बसेका थिए । तस्बिर भाइरल भएपछि उनीहरुको प्रेमको चर्चाले बलिउड इण्डस्ट्रि तातेको थियो ।
यद्यपी सनी र डिम्पलमध्ये कसैले पनि उक्त भाइरल तस्बिरका बारेमा कुनै प्रकारको प्रतिक्रियासम्म जनाएनन् । अहिले त्यही जोडी फेरी चर्चामा आउँदैछ । प्राप्त खबरअनुसार सनी देओल र डिम्पल कपाडिया वर्षौंपछि एक साथ फेरि पर्दामा देखिने भएका छन् ।
बलिउड लाइफ डटकमका अनुसार डिम्पल कपाडियाका भतिजा करण कपाडिया फिल्मी दुनियाँमा कदम राख्न गइरहेका छन् । उनकै फिल्ममा सनी देओल र डिम्पल कपाडिया एक साथ देखिन लागेका हुन् । जसमा अक्षय कुमारको पनि भूमिका रहने बताइएको छ । उक्त फिल्मलाई टोनी डिसूजाले निर्देशन गर्ने भएका छन् ।