site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
फेसबुकले ल्यायो नयाँ नियम, न्युज फिडमा ठूलो परिवर्तन गर्दै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । फेसबुकले आगामी हप्तादेखि न्युज फिडमा ठूलो परिवर्तन गर्ने घोषणा गरेको छ । फेसबुक प्रयोगकर्ताहरुले आफ्नो न्युज फिड स्क्रोल गर्दा व्यवसायिक, संचारमाध्यमजस्ता कम्पनी र ब्रान्डका पोष्टहरु कम हेर्नुपर्ने बताइएको छ । परिवार र साथीभाइले शेयर गरेका तस्बिर लगायत अन्य पोष्टलाई बढी महत्व दिइने र व्यवसायिक खालका पोष्टहरुलाई प्रयोगकर्तामाझ कम देखाइने निर्णय भएको फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले बताएका हुन् । 

फेसबुकको उद्देश्य मानिसहरुलाई एकआपसमा जोड्नु र सकारात्मक भावनाहरु बाँड्नु रहेको जुकरवर्गले बताए । मानिसहरुले फेसबुक जस्तो सामाजिक संजालको प्रयोग गर्दा खर्चेको समयले उनीहरुमा सकारात्मक प्रभाव पारोस् भन्ने फेसबुकको लक्ष्य रहेको उनले बताएका हुन् । फेसबुक प्रयोगकर्ताले एक्लोपना महसुस नगरुन् र टाढाका साथीभाइ र आफन्तसँग राम्रो सम्पर्क होस् भन्ने अभिप्रायका साथ यसो गर्न लागिएको जुकरवर्गले आफ्नो ब्लगमा उल्लेख गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

फेसबुकका पोष्टहरुले मानिसहरुबीच अर्थपूर्ण अन्तरक्रिया गराउनका लागि जुकरवर्गले यो परिवर्तन ल्याउन लागेको बताएका छन् । आजभोलि प्रयोगकर्ताहरुले मन नलाग्दा नलाग्दै पनि व्यवसायिक पोष्टहरु पढ्ने, हेर्ने गरेको र सूचनामुलक र मनोरञ्जनात्मक भएपनि यसले मानिसहरुबीचको अन्र्तक्रियालाई घटाउँदै लगेको भन्दै यस्तो बदलाव आवश्यक भएको जुकरवर्गले बताएका हुन् । 

मानिसहरुले कम प्रतिक्रिया दिने गरेका पेजहरु पनि अबबाट फेसबुकमा देखा नपर्ने बताइएको छ ।  त्यसकारण आगामी सातादेखि फेसबुकले परिवार र साथीहरुका पोष्टलाई बढी केन्द्रित गर्ने निर्णय गरेको बताएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  ०६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC