site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खप्तड गोल्डकपको फाइनलमा दुई विभागीय टोली एपीएफ र आर्मी भिड्ने
Sarbottam CementSarbottam Cement

धनगढी । सशत्र प्रहरीको एपीएफ क्लब धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा पुगेको छ ।  आइतबार भएको दोस्रो सेमिफाइनलमा आयोजक सिजी सुदूरपश्चिम ११ लाई २ – ० ले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

धनगढी रंगशालामा भएको खेलमा एपीएफलाई जित दिलाउन अन्जन बिष्ट र नविन लामाले एक एक गोल गरे । अब एपीएफले सोमबार हुने फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीसँग खेल्ने छ । आर्मी क्लब शनिबार भएको पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई ३ – १ ले पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिस्प्रधात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा एपीएफले दुई गोल गर्दै फाइनलमा आर्मीसंगको भेट पक्का गर्यो । घरेलु दर्शकको साथ मैदान उत्रेको सुदूरपश्चिमविरुद्ध खेलको ५७ औं मिनेटमा अन्जनले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाए । तर, युवराज खड्काले टचलाईनबाट ल्याएर उपलब्ध गराएको अन्जनको गोल विवादास्पद बनेको थियो । जसको कारण खेल ८ मिनेट रोकिएको थियो ।  खड्काले आउट भईसकेको बल ल्याएको भन्दै सुदूरपश्चिमका खेलाडीले आपत्ति जनाएका थिए । तर, लाइन्सम्यानले उक्त बललाई आउट दिएन् ।

एपीएफविरुद्ध पहिलो हाफमा आक्रामक खेल खेलको आयोजक सुदूरपश्चिम पहिलो गोल खाएपछि भने दबाबमा खेलेको थियो । जसको फाइदा एपीएफले उठायो । त्यसपछि खेलको ७७ औं मिनेटमा म्यान अफ दि म्याच बनेका नबिनले गोल गर्दै एपीएफलाई २ – ० को जित दिलाए । त्यसअघि सुदूरपश्चिमले केहि गोलको अवसर खेर फालेको थियो भने एपीएफका नबिन र श्याम नेपालीले किपर मात्र रहेको बेला गोल गर्न सकेनन् । 

Global Ime bank

जितपछि एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले दोस्रो हाफमा खेल सुधार गर्दा जित निकाल्न सहज भएको बताए । यस्तै उनले फाइनल प्रतिद्वन्द्वी आर्मी कठिन टोली भएपनि उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने बताए । यता, सुदूरपश्चिमका प्रशिक्षक ललित चन्दले रेफ्रीले आफ्नो टोलीलाई सहयोग नगर्दा पराजित भएको बताए । उनले आफ्नो टोलीको मिडफिल्डर जिको घाइते हुनु र उपयुक्त अभ्यास गर्न नपाएकोले पराजित भएको बताए  ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११, उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडील समान १५–१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले यमाहा मोटरसाईकल पुरस्कार पाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC