site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फेसबुकलाई एकदिनमा अर्बौंको नोक्सानी, कसरी भयो ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । हालै फेसबुकका प्रमुख कार्यकारी अधिकृत माक्र्स जुकरवर्गले परिवार र साथीभाइको पोष्टलाई बढी महत्व दिइने भन्दै न्युजफिडमा ठूलो परिवर्तन गर्ने निर्णय गरेका थिए ।

यस अन्तर्गत मिडिया, ब्रान्ड र व्यवसायिक खालका पोष्टहरु कम देखाइने उनले बताएका थिए । तर उनको यस फैसलाले एकदिनमै फेसबुकको सेयर ५ प्रतिशतले घटेका कारण अर्बौंको घाटा भएको डेलीमेलले बताएको छ ।

Agni Group

परिवार र साथीभाइबीचको अन्तरक्रियालाई बढी केन्द्रित गर्दै फेसबुकप्रति सकारात्मक धारणा पैदा गराउन भनेर उनले आफ्नो ब्लगमार्फत यो ठूलो परिवर्तन गर्ने सूचना दिएका थिए ।

फेसबुकको प्रमुख उद्देश्य मानिसहरुलाई एकआपसमा नजिक ल्याउनु रहेको बताउँदै जुकरवर्गले मिडियाले अबबाट प्रयोगकर्ताहरुको न्युजफिडमा कम स्थान पाउने बताएका थिए ।

Global Ime bank

तर यससँगै कम्पनीहरुको स्पोन्सरमा कमी आउँदा फेसबुकको शेयर घटेको बताइएको छ । कतिपय व्यवसायीहरुले चाहिँ यस निर्णयलाई अझ धेरै कमाई गर्ने अर्को खेल भएको बताएका छन् । जुकरवर्गको यस्तो निर्णयले कम्पनीहरुलाई अझ धेरै विज्ञापन खरिद गर्न बाध्य बनाउने उनीहरुको भनाइ छ । 

हालै फेसबुकका कारण रुसले अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप लागेपछि फेसबुकले धेरै कुराहरुमा सावधानी अपनाइरहेको छ । त्यसकारण अब भविष्यमा फेसबुकका कारण यस्ता घटना नदोहोरियोस् भन्ने अभिप्रायले पनि जुकरवर्गले यस्तो निर्णय लिएको बताइएको छ ।

यससँगै जुकरवर्गले यति ठूलो घाटा व्यहोर्नु परेपछि एक दिनमै विश्वका चौथाइ धनी व्यक्तिको शिर्षक पनि गुमाएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन् । त्यसकारण एकैदिनमा यति ठूलो क्षति भएपछि जुकरवर्गले यसलाई पुनः फिर्ता लिन सक्ने अनुमान पनि गरिएको छ । हालका केही महिनादेखि नै जुकरवर्गले फेसबुकलाई सुधार्ने प्रयासमा विभिन्न परिवर्तहरु गर्दै आइरहेका छन् । उनले फेसबुकमा बिताएको समय अर्थपूर्ण होस् भनेर यी बदलाव ल्याउन जरुरी भएको बताउँदै आइरहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०७४  ०५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC