site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिकामा मिसाइल आक्रमणको सन्देश मोबाइलमा आएपछि...
Ghorahi CementGhorahi Cement

काठमाडौं । अमेरिकाको हवाई राज्यमा कर्मचारीको प्राविधिक गल्तीका कारणले स्थानीयहरुको मोबाइल फोनमा मिसाइल आक्रमण भएको सन्देश गएपछि मानिसहरु बाटोमै भागाभाग गरेका हुन् । 

त्यसरी अचानक मिसाइल आक्रमण भएको सन्देश आएपछि आत्तिएका मानिसहरु सुरक्षित स्थानमा खोजिमा दौडिरहेका थिए भने उता सम्बन्धित निकायका तर्फबाट चाहिँ यो गलत सन्देश भएको खबर ३८ मिनेटपछि मात्र प्रष्ट पारिएको बीबीसीले जनाएको छ ।

Agni Group

यस घटनालगत्तै गलत सूचना भएको थाहा पाउँदा हवाईका गर्भनरले कर्मचारीहरुले गलत बटन दबाएका कारण यस्तो भएको भन्दै जनतासमक्ष माफी मागेका छन् । यसबारेमा अमेरिकी सरकारले थप अनुसन्धान गर्ने बताएको छ । केही महिनाअघि मात्र उत्तर कोरियाले हवाईमा हमला गर्ने लगातार धम्की दिइरहेपछि त्यहाँको सुरक्षामा विशेष ध्यान दिइएको थियो । केही महिनाअघि मात्र यसैका लागि भनेर सुरक्षा साइरन जडान गरि डिसेम्बरमा त्यसको परीक्षण समेत भएको थियो । 

तर कर्मचारीहरुको एउटा गल्तीका कारणले यसरी मोबाइल, टीभी र रेडियोमा समेत गलत सन्देश गएपछि हवाईका मानिसहरु भयानक स्थितिमा पुगेका हुन् । टीभी र रेडियोको प्रशारण रोकेर आपतकालिन समय घोषणा गरि सबै मानिसहरुलाई झ्यालबाट टाढा रहन र घरभित्रै बस्न भन्दै सावधान गरिएपछि त्यहाँका मानिसहरु अत्यन्तै त्रसित अवस्थामा बनेका थिए । 

Global Ime bank

यो गलत सूचनालाई १८ मिनेटपछि इमेलमार्फत खबर गरिएको भएपनि मोबाइलमा चाहिँ यसबारे ३८ मिनेटपछि मात्र जानकारी गराइएको थियो जसकारण मानिसहरु आधा घण्टा भन्दा बढी समय सुरक्षित स्थानमा बस्न बाध्य भएका हुन् ।

लापरबाहीका कारण भएको यस घटनाले निकै ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले यो सामान्य गल्ती नभएको भन्दै चारैतिरबाट यसको आालोचना गरिएको छ । त्यस समय राष्ट्रपति डोनाल्ड ट्रम्प भने फ्लोरिडामा थिए र उनको प्रतिक्रिया आउन बाँकी नै रहेको बताइएको छ ।       
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०७४  ०५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC