site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरियामा नौ वर्षमा ८१ नेपाली कामदारको मृत्यु, अनुसन्धानका लागि विज्ञ टोली जाँदै
Ghorahi CementGhorahi Cement

काठमाडौं । सन् २०१८ को शुरुमै जनवरी १० मा कोरियाको पुछानमा कार्यरत एकजना नेपाली कामदारको शव आफ्नै कम्पनीको पछाडि झुण्डिएको अवस्थामा भेटियो ।

शव महोत्तरी बर्दीबासका २५ बर्षीय प्रकाश थापा मगरको रहेको कोरियास्थित नेपाली दुतावासले जानकारी गराएको छ । ७ महिनाअघि मात्रै उनी कोरिया पुगेका थिए । उनले आफूलाई गम्भीर रोग लागेको भन्दै घर फर्किने टिकट पनि काटिसकेका थिए । 

उनले आत्महत्या गरेको बताइए पनि स्थानीय प्रहरीले यसबारेमा अनुसन्धान गरिरहेको छ । ईपीएस नेपालको तथ्याङ्कअनुसार २००८ मा ईपीएस प्रणाली शुरु भएदेखि अहिलेसम्म दक्षिण कोरियामा ८१ जना नेपाली कामदारले ज्यान गुमाएका छन् ।

Agni Group

९ वर्षको अवधिमा यसरी ज्यान गुमाएकामध्ये सुतेको समयमा मृत्यु हुनेको संख्या १८ रहेको छ भने आत्महत्या गर्नेको संख्या पनि उत्तिकै रहेको छ । आत्महत्याबाट ज्यान गुमाउनेको संख्या १७ रहेको ईपीएस शाखाका अधिकृत शोभाकर भण्डारीले बताए । त्यसबाहेक कम्पनीमा भएका दुर्घटनामा १० जना, सडक दुर्घटनामा ७ जना, साथीसँगको आपसी झगडामा २ जना, स्वभाविक ढङ्गबाट १ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । बाँकी २६ जनाको मृत्युको कारण भने नखुलेको अधिकृत भण्डारीले बताए ।

सुतेकै अवस्थामा मृत्यु 

Global Ime bank

कोरियामा भाषाको समस्या, औद्योगिक ज्ञान र सिपको कमी लगायत मृत्युका कारण देखिए पनि आत्महत्या के कारणले भइरहेको छ भन्ने बारेमा अहिलेसम्म निश्चित हुन नसेकेको ईपीएस शाखाले जनाएको छ ।

कामदारमा भएको उच्च महत्वाकांक्षा र यथार्थको तालमेल नहुनु प्रमुख कारण मान्न सकिने भए पनि यसैलाई मुख्य आधार मान्न नसकिने ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडा बताउँछन् । बाह्रखरीसँगको कुराकानीमा उनले भने, “एक त व्यक्तिको महत्कांक्षासँग यथार्थताको तालमेल नहुनु हो, अर्को कारण कामदार कोरिया लैजाने छनोट प्रक्रिया नै गलत हुनु पनि हो ।” 

उनका अनुसार काम गर्न लैजाने कामदार छनोट प्रक्रिया लेखापढि गर्न लैजानेसरहको हुँदा समस्या बढिरहेको छ । खतिवडा भन्छन्, “घरमा रहँदा काम गर्न नखोज्ने र काम गर्न नपर्ने युवा नै भाषा परीक्षा धेरै मात्रामा उत्तीर्ण हुन्छन्, जसले यहाँ रहँदा कलमको काम गरिरहेका हुन्छन् तर त्यहाँ गएर मेसिनहरुसँग खटिनुपर्छ जसका कारण उनीहरुमा फ्रस्टेसन आएको हुन सक्छ ।”

खतिवडाले कोरियामा गएर परिवर्तित अवस्थाअनसार आफूलाई तयार गर्न नसक्नु पनि यसको कारण रहेको बताए । आत्महत्या जस्तै सुतेकै अवस्थामा मृत्यु हुनेको संख्या पनि उत्तिकै छ । सुतेकै अवस्थामा मृत्यु हुनुका सबै कारण पत्ता नलागे पनि धेरै रक्सी पिएर सुत्नु, कोठामा अक्सिजनको कमी हुनु लगायतका कारण देखिएको निर्देशक खतिवडाको भनाई छ । 

ईपीएसले के पहल गर्दैछ ?

आत्महत्याको क्रम नरोकिएपछि रोकथामका उपाय सुरु गर्न ईपीएस नेपालले पहल थालेको छ । यसैविषयमा केहिदिन अगाडि काठमाडौंमा कार्यशाला सम्पन्न गरेको ईपीयसले यसै महिनामा मनोरोग विशेषज्ञ तथा मुटुरोग विशेषज्ञको टोली कोरिया पठाउने भएको छ । 

विशेषज्ञको टोलीले त्यहाँका नेपाली कामदारसँग अन्तरक्रिया गर्नुका साथै उनीहरुको मनोभाव बुझ्ने तथा स्वास्थ्य अवस्थाको जाँच गर्ने भएको छ । त्यसबाहेक कामदारका निम्ति चेतना र मनोवल बढाउने विभिन्न कार्यक्रमहरु गरिने ईपीएस नेपाल प्रमुख खतिवडाले बताए । 

तलब सुविधाको दृष्टिले आकर्षक रोजगार गन्तब्यको रुपमा हेरिएको दक्षिण कोरियामा नेपाली कामदार औपचारिक रुपमा जान थालेको ९ वर्ष पूरा भएको छ ।

सन् २००८ बाट एम्प्लोईमेन्ट परमिट सिस्टम (ईपीएस नेपाल) तथा ह्यूमन रिसोर्स डेभलपमेन्ट (एचआरडी) कोरियाको संयोजनमा नेपाली कामदारहरु औपचारिक रुपमा कोरियामा रोजगारका लागि जान लागेका हुन् । 

सन् २००८ देखि २०१७ सम्ममा वैधानिक रुपमा रोजगारका लागि कोरिया जाने नेपालीको संख्या ५० हजार १ सय ९८ पुगेको छ ।  २०१७ मा भएको भाषा परीक्षामा १२ हजार १ सय ८ जना उत्तिर्ण भएका छन् । उनीहरुमध्ये १० हजार २ सय जनाले कोरियामा रोजगार पाउनेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०७४  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC