site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
रानीपोखरी मल्लकालीन शैलीमै बनाउन सम्भव छैन : पुरातत्व
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजधानीको जमलस्थित रानीपोखरी आधुनिक शैलीमा पुनर्निर्निमाण गर्न काठमाडौं महानगरपालिकालाई पुरातत्व विभागले स्वीकृति दिएको छ । ‘चुना र शुर्की अहिलेको जमानामा नपाइने’ भन्दै विभागले रानीपोखरीलाई आधुनिक शैली र स्वरुपमा पुनर्निर्माण गर्न महानगरपालिकालाई स्वीकृति दिएको हो । 

“रानीपोखरी पुनर्निर्माणको विषयलाई ठूलो इस्यु बनाइयो,” पुरातत्व विभागका एक अधिकृतले आइतबार बाह्रखरीसँग भने, “पोखरीमा कंक्रिट प्रयोग गर्नु गलत हो तर मल्लकालीन शैली र स्वरुपमा रानीपोखरीको पुनर्निर्माण अहिलेको जमानामा सम्भव छैन ।” 

यता स्थानीयले भने रानीपोखरी पुनर्निर्माणमा काठमाडौं महानगरपालिकाले आफूखुसी गरेको भन्दै यसको पुनर्निर्माणको निर्णय हचुवाका भरमा नगर्न माग गरेका छन् । पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माणमा महानगरपालिकाले हचुवाका भरमा आफूखुसी निर्णय गरेको आरोप स्थानीयको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गत मंसिर अन्तिममा काठमाडौं महानगरपालिकाले ‘पोखरीमा पानी छेक्न’ भन्दै पोखरी आसपासमा कंक्रिट वाल उठाएपछि मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच विवाद चुलिएको थियो । 

रानीपोखरीमा कंक्रिट प्रयोग गर्न पाइँदैन भन्दै स्थानीय, सम्पदाप्रेमी र पुरातत्वविदले चर्को विरोध गर्दै आएका छन् । स्थानीयले उपमेयर हरिप्रभा खड्गीको साथ लिएर रानीपोखरी परिसर गेटमा तालासमेत लगाएका थिए ।

Global Ime bank

विरोधपछि पुस १३ मा काठमाडौं महानगपालिकाले आफूसहित पुरातत्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट ‘विशेषज्ञ समिति’ गठन गरेर आवश्यक छलफल गरी १५ दिनभित्र टुंगो लगाइने बताएको थियो । समितिले अध्ययन प्रतिवेदन लगभग तयार गरिसकेको र यही बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताइएको छ ।

यता, पुरातत्व विभागले भने समितिको प्रतिवेदन नआउँदै महानगरलाई आधुनिक शैलीमा रानीपोखरी बनाउन स्वीकृति दिइसकेको छ । ०७२ वैशाखको भूकम्पलगत्तै काठमाडौं महानगरपालिका रानीपोखरी पुनर्निर्माणमा अघि सरेको थियो । रानीपोखरीको डिजाइन महानगरपालिकाले नदेखाएको गुनासो स्थानीयले गर्दै आएका थिए । त्यतिबेलाको डिजाइनअनुसार बालगोपालेश्वर मन्दिरमात्र पुरातत्व विभागले बनाउने भनिएको थियो ।

“तर अबको नयाँ डिजाइनमा हामीले चासो र सक्रियता देखाएका छौं,” पुरातत्व विभागका सिनियर डिभिजन इञ्जिनियर सम्पत घिमिरेले भने, “रानीपोखरी सकेसम्म पुरानै शैली र स्वरुपमा पुनर्निर्माण गर्न महानगरपालिकालाई निर्देशन दिएका छौं । तर, मानवीय क्षति नहुने गरी आवश्यक आधुनिक निर्माण सामग्री प्रयोग गर्न सकिनेछ ।”

स्थानीय, सम्पदाप्रेमी र सम्पदा बचाउ अभियन्ताहरुको भने रानीपोखरी पुनर्निर्माणमा प्रचीन निर्माण सामग्रीकै प्रयोग हुनुपर्ने अडान राख्दै आएका छन् । “रानीपोखरीमा जथाभावी आधुनिक निर्माण सामग्री प्रयोग गर्न पाइँदैन,” सम्पदा बचाउ अभियन्ता आलोकसिद्ध तुलाधरले भने, “केही व्यक्तिको स्वार्थ र फाइदाका लागि रानीपोखरीमा कंक्रिट प्रयोग गरी यसको मौलिक परिचय मेटिन दिँदैनौं ।”  

काठमाडौं महानगरपालिका र पुरातत्व विभागको दुई वर्षअघि रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुरातात्विक महत्वको भएकाले विभागले पुनर्निर्माण गर्ने सहमति भएको थियो । तर, काम थालेको डेढ वर्ष पुगिसक्दा पनि बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सम्पन्न भइसकेको छैन ।  

आवश्यक काठ र बुट्टाहरु सहजै नपाइएकाले पुनर्निर्माण लम्बिएको बताउँदै इञ्जिनियर घिमिरेले भने, “आवश्यक निर्माण सामग्री अभावमा बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण ढिला भएको हो । असारसम्ममा मन्दिर पुनर्निर्माण सम्पन्न भइसक्छ ।” रानीपोखरीको पुनर्निर्माण कहिले सम्पन्न भइसक्छ भन्ने विषयमा कामनपाले पनि केही बताएको छैन ।

यो पनि

दुई वर्षमा पाँच करोड सकियो, रानीपोखरी र बालगोपालेश्वर अस्तित्वको संकटमा

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०७४  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC