काठमाडौं । नेपालको लागि महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नी ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले महिन्द्रा फोर ह्वील गाडीहरुको लागि गरेको फ्रि सर्भिसिङ्ग कार्यक्रम सम्पन्न भएको छ ।
४ दिनसम्म चलेको यो योजनामा निःशुल्क सर्भिसिङ्गको साथसाथै स्पेयर पाटर््स, लुब्रिकेन्ट, तथा अन्य एक्सोसरिजहरुमा पनि विशेष छुटको व्यवस्था मिलाइएको थियो ।
कम्पनीले स्पेयर पार्टस खरिदमा १२ प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा एक्सोसरिजहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको थियो ।
साथै यस सर्भिस क्याम्पमा ग्राहकहरुलाई निःशुल्क स्वास्थ्य सेवा पनि प्रदान गरिएको कम्पनीले जनाएको छ ।
जसमा आँखा, ब्लड प्रेसर, सुगर तथा अन्य साधारण उपचारका सेवाहरु प्रदान गरिएको थियो । यो मेगा सर्भिस क्याम्पमा महिन्द्रा गाडीलाई दक्ष प्राविधिकहरुले गाडीका विभिन्न ७५ जाँच गरेका थिए ।