site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विराटभन्दा अगाडि बलिउडका यी कलाकारहरुसँग थियो अनुष्काको अफेयर !
Ghorahi CementGhorahi Cement

काठमाडौं । बलिउड फिल्म इण्डस्ट्रीमा तीन जना खानसँग अभिनय गरेर सुपरहिट फिल्म दिन सफल अभिनेत्री हुन अनुष्का शर्मा । उनले आफ्नै बलबुतामा बलिउडमा आफुलाई शिर्ष अभिनेत्रीका रुपमा स्थापित गरेकी छन् । 

यसका साथै अनुष्काको निजी जीवनको कुरो गर्दा क्रिकेटर विराट कोहलीसँग उनको अफेयर सधै चर्चाको विषय बनी रह्यो । तर अब उनले विराटसँगको सम्बन्धलाई विवाहमा परिवर्तन गरिसकेकी छन् । 

यद्यपी बलिउडकी चर्चित अभिनेत्री र विराट कोहलीकी धर्मपत्नी अनुष्का शर्माको नाम यसअघि बलिउडका कयौं कलाकारहरुसँग जोडी सकेको छ । 

Agni Group

जोहेब यूसुफ

स्ट्रगलको समयमा अनुष्काको भेट जोहेब युसूफसँग भएको थियो । केही समय पछि उनीहरुको भेट मित्रता हुँदै प्रेममा परिणत भयो । अनुष्का र जोहेब दुवै एक साथ मुम्बई आएका थिए । यिनीहरु दुवै जना दुई वर्षसम्म रिलेशनमा बसेका थिए । बलिउडमा सफलता हासिल गरेपछि अनुष्काले जोहेबलाई पछि छोडेर एक्लै अगाडि बढ्ने निर्णय लिइन् र एक पछि अर्को सफल फिल्म दिदै गइन् । 

Global Ime bank

रणवीर सिंह

विगत ५ वर्षबाट बलिउड र हलिउडमा अभिनयको जादु देखाइरहेकी दीपिका पादुकोणका साथ रिलेशनमा रहेका रणवीर सिँहसँग पनि अनुष्काको नाम जोडिएको थियो । यी दुई जनाको सम्बन्ध खुलेर बाहिर नआएपनि फिल्म ‘बन्द बाजा बरात’ पछि एक्–अर्कासँग नजिकिएका थिए । अनुष्कासँग रणवीरको बारेमा सोध्दा उनले भनेकी छिन्, ‘‘मैले रणवीर सिँहलाई कहिल्यै डेट गरेकी छैन ।’’ 

सुरेश रैना 

आफ्नो भाईका कारण अनुष्का शर्मालाई क्रिकेट प्रति लगाव बढेको हो । परिणाम स्वरुप उनी आज विराट कोहलीकी पत्नी बनेकी छन् । तर केही वर्ष अघि सुरेश रैनासँग पनि अनुष्का शर्माको बढ्दो निकटताले भारतीय मिडियामा चर्चा पाएको थियो । 

अर्जुन कपूर

अनुष्काको नाम बोनी कपूरका छोरा र अभिनेता अर्जुन कपूरसँग पनि जोडी सकेको छ । उनीहरु यशराज फिल्म्सको स्टूडियोमा भेटघाट गर्दथे । तर दुबै जनाले कहिल्यै आफुहरु प्रेममा रहेको स्वीकार गरेनन् । उनीहरुसँग नजिकको सम्बन्ध भएकाहरुले पनि अनुष्का र अर्जुनले एक–अर्कालाई डेट नगरेको बताउँछन् ।

शाहिद कपूर

अनुष्काको नाम अभिनेता शाहिद कपूरका साथ पनि जोडिएको थियो । इमरान खानको फिल्म ‘मेरे ब्रदरकी दुल्हन’ को सक्सेस पार्टीमा शाहिद र अनुष्का चुम्बन गरिरहेको अवस्थामा फेला परेका थिए । दुबै जनाले फिल्म ‘बदमाश कम्पनी’ मा एक साथ काम समेत गरेका थिए । 

रणबीर कपूर 

दीपिका पादुकोणका साथ रणबीर कपूरको अफेयर चलिसकेको छ । तर अनुष्का शर्मा र रणबीर कपूर करन जौहरको पार्टीमा भेट्टिदा दुबै जनाबीच केही ‘खिचडी’ पाकीरहेको अनुमान गरिएको थियो । यद्यपी त्यसको स्वाद मिडियालाई चाख्न कहिल्यै मिलेन । 

विराट कोहली

अन्ततः अनुष्काले क्रिकेटर विराट कोहलीलाई क्लीन बोल्ड गरिन् । दुबै जनाको भेट एक स्याम्पूको विज्ञापनका दौरान भएको थियो । त्यसपछि उनीहरु एक–अर्कालाई चाहन थाले । यसबीचमा उनीहरुको सम्बन्ध झण्डै–झण्डै बिग्री सकेको थियो । तर नियतिलाई दुबै जनाको विवाह मञ्जÞूर थियो । र आज विराट र अनुष्का एक–अर्काका अभिन्न अंग बनिसकेको ओएमजी इण्डियन डटकमले जनाएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  ०२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC