काठमाडौं । सलमान खान बलिउडका ‘बेताज बादशाह’ हुन् । सलमान खानका हरेक फिल्म अहिले झण्डै एक सय करोडभन्दा बढी कमाई गर्दैै आएका छन् । तर कुनै बेला सलमान खानको बलिउड यात्रा नराम्रोसँग अघि बढी रहेको थियो । त्यो बेला सलमान खानका फिल्महरु दिन–प्रतिदिन फ्लप भइरहेका थिए । अर्को तर्फ उनका मुद्दा मामिलाहरु पनि बढ्दै गएका थिए ।
फिल्म वान्टेडबाट सलमानले फेरी एक पटक बलिउडमा आफ्नो पहिचान बनाउन सुरु गरे । सलमान खान आप्ठ्यारो अवस्थासँग जुधी रहेका बेला उनका नजिकका साथीहरुले साथ छोडी दिएका थिए । यी हुन सलमानलाई अप्ठ्यारो अवस्थामा साथ छोडेर जाने उनका नजिकका साथीहरु ।
१. कटरीना कैफ
बलिउडमा कटरीना कैफको करिअर सलमान खानले नै बनाई दिएका हुन् । सलमान खानले आफु बलिउडमा फ्लप गइरहेका बेला कैटरीना कैफलाई बलिउडमा ल्याएका थिए । तर सलमान खान आप्ठ्यारोमा पर्दा उनी रणबीर कपूरसँग रिलेशनशिपमा गएकी थिइन् ।
२.ऐश्वर्या राय
सलमान खान र ऐश्वर्या रायको रिलेशनशिप समाप्त भए पछि सलमान खानको नराम्रो समय सुरु भएको थियो । ऐश्वर्यासँग ब्रेकअप पछि सलमान खानका फिल्महरु फ्लप हुन लागेका थिए ।
३.शाहरुख खान
सलमान खान र शाहरुख खानको मित्रता बलिउडमा सबैभन्दा प्रसिद्ध मित्रतामा पर्दछ । यिनीहरुबीच फिल्म ‘कारण–अर्जुन’ बाट मित्रता सुरु भएको थियो । तर सलमान खानका यी मित्रले पनि उनीको भाग्यले साथ नदिइरहेका बेला साथ छोडेका थिए ।
४. सञ्जय लीला भन्साली
सञ्जय लीला भन्साली बलिउडका नाम चलेका निर्देशक हुन् । तर सञ्जय लीला भन्सालीको करियर पनि सलमान खानले नै बनाएक थिए । सलमान फ्लप गइरहेका बेला राम्रो स्क्रीप्ट लिएर सञ्जय लीला भन्सालीसँग भेट गर्न गएका थिए । तर भन्साली त्यो स्क्रिप्टका साथ ऋतिक रोशनसँग गए । उनले पनि अप्ठ्यारो अवस्थामा सलमानलाई साथ दिएका थिएनन् ।