site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सनी लियोनीदेखि अक्षय कुमारसम्म साउथ फिल्ममा डेब्यू गर्दै
Ghorahi CementGhorahi Cement

काठमाडौं । साउथ ईण्डियाका फिल्महरु कयौं पटक बलिउडका फिल्महरुलाई नराम्रोसँग पछि पारिदिन्छन् । ती फिल्महरुमा बलिउड फिल्मभन्दा राम्रो कथाबस्तु, र अभिनय राम्रो देख्न पाइन्छ । बलिउडका कयौं कलाकारहरुले साउथकै फिल्मबाट डेब्यू गरेका छन् । जसमा ऐश्वर्या राय, प्रियंका चोपडादेखि दीपिका पादुकोण र श्रीदेवी–रेखा जस्ता अभिनेत्रीहरु पर्दछन् । 

यसैबीच यो वर्ष बलिउडका केही स्थापित कलाकारहरु साउथ फिल्ममा डेब्यू गर्न गइरहेका छन् । जसमा अक्षय कुमारदेखि सनी लियोनीसम्म छन् । यद्यपी सनी लियोनीले केही तमिल, तेलुग र कन्नड फिल्ममा आइटम डान्स गरिसकेकी छन् । उनी फिल्म ‘वीरमादेवी’ बाट अभिनेत्रीका रुपमा साउथ फिल्ममा डेब्यू गर्न लागेकी छन् । 

Agni Group

त्यस्तै बलिउडका खेलाडी अक्षय कुमारको फिल्म ‘२.०’ बाट साउड इण्डस्ट्रीमा डेब्यू हुँदैछ । श्रद्धा कपूर फिल्म ‘साहो’ मा बाहुबली सिरिजका अभिनेता प्रभाषका साथ पहिलो पटक साउथ फिल्ममा स्क्रीन शेयर गर्न लागेकी छन् । यो फिल्म यसै वर्षको नोभेम्बरमा सिनेमा घरमा लाग्ने निर्माण पक्षले जनाएको छ । 

त्यसैगरी निधि अग्रवाल ‘सब्यसाची’ ले अभिनेत्रीका रुपमा साउथमा डेब्यू गर्ने तयारी गरिरहेका बेला अनुराग कश्यप ‘इमइक्का नोडिगल’ नामक फिल्मबाट साउथमा निर्देशनको सुरुवात गर्ने भएको बलिउड भाष्कर डटकमले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  ०१:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC