site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
कांग्रेसमा कोइराला त्रय सक्रिय
Sarbottam CementSarbottam Cement

पार्टीले २०७४ सालको संसदीय निर्वाचनमा नराम्रो पराजय भोगेपछि कोइराला परिवारको बिरासत थाम्ने नेपाली कांग्रेसका दोस्रो तहका नेताका रूपमा चिनिएका तीन कोइराला अघिसरेका छन् । यसरी अघि सर्नेमा बीपी पुत्र डा. शशांक कोइराला, बीपीका भाइ केशव कोइरालाका पुत्र डा. शेखर कोइराला तथा वीपीका कान्छा भाइ तथा लामो समय प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइराला छन् ।

मंगलवार अन्नपूर्ण पोस्टले प्रथम पृष्ठमा प्रकाशित गरेको समाचारअनुसार यी दोस्रो पुस्ताका कांग्रेसी नेताहरू नेपाली कांग्रेसको सभापति रहेका शेरबहादुर देउवाको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै छुट्टै रणनीति बनाउने तयारीमा जुटेका छन् । यी तीन दाजु बहिनीबीच नेपाली कांग्रेसको नेतृत्व कसरी भागवण्डा गर्ने भन्ने विषयमा भने सहमति जुटिसकेको छैन । आइतवार कोइराला त्रयको बैठक बस्ने भनिए पनि विशेष कारणले बैठक हुन नसकेको पोस्टको समाचारमा लेखिएको छ । अहिले संसदीय दलको नेतृत्व वर्तमान महामन्त्री डा. शशांक कोइरालाले सम्हाल्ने र पार्टीको जिम्मेवारी डा. शेखर कोइरालाले लिने भन्ने मोटामोटी सहमति भएको समाचारमा लेखिएको छ । यस विषयमा अघि बढ्न पहिले पार्टीको केन्द्रीय समितिको बैठक बस्नुपर्ने र त्यसपछि महासमितिको बैठकबाट नीतिगत सुधारका विषय अघि बढ्ने नेपाली कांग्रेसका युवा नेता बद्री पाण्डले बताएको पनि पोस्टले लेखेको छ ।

कोइराला त्रय बाहेक कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि नेतृत्वको विरोध सुरु गरेको समाचार अन्नपूर्ण पोस्टले प्रकाशित गरेको छ । राष्ट्रिय सभाको निर्वाचनको तयारीका लागि रणनीति छलफल गर्न बसेको सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा पौडेलले सभापति शेरबहादुर देउवालाई संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न दबाब दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसको विधानविपरीत गठन भएकाले यी समिति खारेज गर्न आफूले दबाब दिएको र सभापतिले आफ्नो मागअनुरूप चाँडै कदम चाल्ने विश्वास पनि पौडेलले देखाएका छन् । कांग्रेसको विधानमा संसदीय समिति बढीमा १४ सदस्यीय हुने प्रावधान रहे पनि अहिले २४ जना र कार्यसम्पादन समतिमा २९ जना छन् । पौडेलले कांग्रेसको केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने तथा पार्टीका ४२ विभाग र चार वटा समितिलाई पूर्णता दिनुपर्ने माग पनि गरेका छन् । तर, अन्नपूर्ण पोस्टसँग बोल्दै पौडेलले बताएअनुसार केन्द्रीय समितिको बैठक बोलाउने आफ्नो माग सम्बन्धमा सभापति देउवाले ठोस जवाफ दिएका छैनन् ।

कांग्रेसमा पौडेलको मागको समाचारलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । निर्वाचनको समीक्षा गर्न बुधबार केन्द्रीय समिति बोलाउन देउवालाई पौडेलले सुझाव दिएको सो समाचारमा जनाइएको छ । निर्वाचन परिणामले कांग्रेसमा ‘करेक्सन’ र ‘सिरियस्ली’ कदम चाल्नुपर्ने भएको बताउँदै कार्यसम्पादन समिति र संसदीय समिति दुवै विधानविपरीत भएकाले यसलाई सुधार्न वा विघटन गर्न पौडेलले माग गरेका छन् । राजधानीले पनि यो समाचारलाई प्रथम पृष्ठमा सानो एंकरको रूपमा प्रकाशित गरेको छ ।

Global Ime bank

 

चुनावको पूर्ण नतिजा कहिले ?

मंगलवारको कान्तिपुरको मुख्य समाचार गत मंसीरमा भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको ४० दिन बित्दा पनि औपचारिक नतिजा आउन नसकेको सन्दर्भमा छ । जननादेशअनुसारको नयाँ सरकार बन्ने त कुरै पर जाओस्, प्रतिनिधि सभा र प्रदेश सभाले कहिले पूर्णता पाउने हो भन्नेसमेत अझै टुंगो लाग्न नसकेको कान्तिपुरको समाचारमा लेखिएको छ । सरकारले प्रदेश सभाको प्रमुख र अस्थायी केन्द्र नतोकिदिएकाले प्रदेशमा निर्वाचित २२० जना सदस्यको परिणाम आयोगले रोकेर राख्नु परेको छ । निर्वाचित सदस्यले औपचारिकरूपमा पद बहाल गर्न सकेका छैनन् । प्रदेश प्रमुखको नियुक्ति नहुँदासम्म प्रदेश सभा सदस्यले शपथ लिन पाउँदैनन् । पदको शपथ नपाई पदभार ग्रहण गर्न मिल्दैन ।

प्रदेश प्रमुखको नियुक्ति नहुनाले राष्ट्रिय सभाको घोषित निर्वाचनमा नै असर पर्ने पनि देखिएको छ । निर्वाचन आयोगले माघ २४ गते नै राष्ट्रिय सभा निर्वाचन सम्पन्न गर्न माघ ७ देखि सुरु हुने गरी निर्वाचन कार्यक्रम ल्याइसकेको छ । निर्वाचन कार्यक्रमको पहिलो दिन मतदाता नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका रहेको छ तर मतदाता हुनुपर्ने व्यक्तिहरूको औपचारिक पदबहाली अहिलेसम्म भएको छैन । राष्ट्रिय सभाका मतदातामा नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं प्रदेशसभाका सदस्यहरू हुन्छन् ।

 

पार्टी एकता हुनेमा जोड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी तथा नेकपा (एमाले)बीच पार्टी एकता हुनेमा कुनै संशय नभएको बताएका छन् । गोरखापत्रले प्रथम पृष्ठमा प्रकाशित गरेको समाचारअनुसार अध्यक्ष दाहालले गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको एक महोत्सवको उद्घाटनका अवसरमा सो कुरा बताएका हुन् । नेपाली जनताले राजनीतिक स्थिरताको पक्षमा मतदान गरेको र सो मतलाई आफूले सम्मान गर्ने भन्दै राजनीतिक स्थिरतासहितको आर्थिक समृद्धि दिन तत्पर भएको पनि र नेपालको राजनीतिक इतिहासमा ७० वर्षपछि पूरै पाँच वर्ष टिक्ने सरकार बन्ने दाबीसमेत गरेका छन् । एमालेसँग पार्टी एकताको कुरा अघि बढिसकेकाले अब पछाडि फर्कने कुनै बाटो नरहेको पनि दाहालले बताएका छन् । नेपाली जनताले पनि पार्टी एकताका लागि मत दिएर अनुमोदन गरिसकेको उनको भनाइ थियो ।

 

सम्पादकीय

राष्ट्रिय सभा निर्वाचन कार्यक्रम प्रभावित पार्ने गरी प्रधानमन्त्री शेरबहादुर देउवा अनिर्णयको बन्दी बनिरहनु दुर्भाग्यपूर्ण अवस्था भएको कान्तिपुरले सम्पादकीय मार्फत जनाएको छ । कम्युनस्ट गठबन्धन टुटाएर कांग्रेस–माओवादी तथा अन्य मिलेर सरकार बनाउन सकिन्छ कि भन्ने प्रधानमन्त्री शेरबहादुर दृउवाको अघोषित आकांक्षाले पनि काम गरेको देखिएको कान्तिपुरले लेखेको छ । सरकारलाई आफ्नो संवैधानिक दायित्व यथाशीघ्र पूरा गर्न दबाब दिँदै कान्तिपुरले लेखेको छ — ‘प्रधानमन्त्रीले तत्कालै दुईटा काम गर्न जरुरी छ ः प्रदेश प्रमुखको नियुक्ति र प्रदेशहरूको अस्थायी राजधानीको किटानी ।’

नयाँ पत्रिकाले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गरेर सम्पादकीय लेखेको छ । संसदीय व्यवस्था भएका मुलुकमा निर्वाचनमा नराम्ररी पराजय भोगेपछि पार्टी सभापतिले पदबाट राजीनामा दिने प्रचलन नै छ र नेपालको हकमा पनि निर्वाचनमा नराम्रो पराजय भोगेपछि माधवकुमार नेपालले तत्कालीन एमालेको महासचिवबाट राजीनामा दिएको नयाँ पत्रिकाले उल्लेख गरेको छ । तर, देउवाचाहिं किन भागिरहेका छन् भन्ने पत्रिकाले प्रश्न गरेको छ ।

नागरिकले पहुँचवालालाई अनेक बहनामा पैसा बाँड्ने सरकारी व्यवहारको विरोध गर्दै सम्पादकीय लेखेको छ, ‘लोककल्याणकारी राज्यको परिकल्पना त्यो होइन, जहाँ पहुँचवालाकै बोलवाला होस् र निमुखाका निम्ति स्रोतबारे जानकारी नै नहोस् । तर, हामीकहाँ यही परिस्थिती छ ।’

अन्नपूर्ण पोस्टले धुलोले परेको मर्काका विषयमा सम्पादकीय लेखेको छ भने राजधानीले प्रदूषण नियन्त्रणमा ध्यान दिन आह्वान गरेको छ । त्यस्तै गोरखापत्रले भूकम्पीय सुरक्षाका लागि चेतना जगाउन ‘सबल समुदाय र स्थानीय सरकार ः भूकम्पीय सुरक्षाको बलियो आधार’ लाई कार्यान्वयनमा ल्याउन जोड दिएको छ । 

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  ०८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC