काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाबीच पछिल्लोपटक भइरहेका छलफलले कांग्रेसभित्र नयाँ तरंग सिर्जना गरेको छ ।
मंगलबार पनि तीन नेताबीच नेतृ सुजाता निवासमा करिब ३ घण्टा लन्च मिटिङ भएको थियो ।
चुनावमा पार्टीको पराजय, नेतृत्वको कमजोरी, भ्रातृ संगठनको पछिल्लो अवस्था लगायतका विषयमा तीन नेताहरुबीच कुराकानी भएको शेखर कोइरालाका स्वकिय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
उनका अनुसार बैठकमा कांग्रेस चुनावमा हार्नुको कारण खोजिएको थियो ।
“कांग्रेस हारका कारण के के हुन् ?, पार्टीभित्रैबाट यसको समाधान खोज्नुपर्यो, चुनावका बेला नेतृत्व कहाँ चुक्यो ? कांग्रेसको विदेश नीति किन कमजोर भयो ? भ्रातृ संगठनमा देखिएको अराजकता लगायतका विषयमा कुराकानी भएको हो,” थपलियाले बाह्रखरीसँग कुरा गर्दै भने ।
उनका अनुसार तीन नेताबीच सबैलाई समेटेर एउटै कांग्रेस बनाउनेबारेमा नेताहरुबीच छलफल भएको छ । आगामी महासमिति, विशेष महाधिवेशन लगायतलाई लक्षित गर्दै कोइराला परिवारका नेताहरुलाई भेटवार्ता तीव्र पारेका छन् ।
तस्बिर, दिनेश थपलिया