site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बूढीगण्डकी प्रभावितको गुनासो- सरकारले घरको न घाटको बनायो
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुआब्जाबारे निर्णय नगरेर सरकारले घरको न घाटको बनाएको गुनासो बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले गरेका छन् । राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाका प्रभावितमध्ये गोरखा र धादिङका साविक २७ गाविसका २५ सय परिवारबारे सरकारले निर्णय गर्न सकेको छैन ।  

भूकम्पसँगै दोहोरो मर्कामा परेको गोरखा र धादिङका बूढीगण्डकी प्रभावितको गुनासो छ । प्रभावितले न भूकम्पको पैसा पाउन सकेका छन्, न त बूढीगण्डकीको नै । सरकारले निर्णय नगरेका कारण उनीहरूले आफ्नो जग्गा बेचविखन गर्न वा घर बनाउन पनि पाएका छैनन् । सरकारले जग्गा रोक्का गर्दा र पुनर्वासका लागि उचित ठाउँको व्यवस्थापन नगर्दा उनीहरुले घर बनाउन नपाएका हुन् ।

गोरखाको व्यापारिक केन्द्र आरुघाट, आर्खेत र धादिङको खहरे बजारमा सरकारले मुआब्जा नतोक्दा स्थानीय अन्योलमा छन् । आरुघाटमा ९ सय, आर्खेतमा २ सय र धादिङ खहरेमा ३०० सय परिवारको हाराहारीमा मानिसहरु बसोबास गर्दै आएका छन् । उनीहरुले भूकम्पपछि स्थायी घर बनाउन पाएका छैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

धादिङको सल्यानटार-१ बुट्टारमा मुआब्जा तोकिए पनि सरकारले पुनर्वासको व्यवस्था गरेको छैन । यसका कारणा उनीहरु पनि अस्थायी घरमा नै बसोबास गर्दै आएका छन् । बुट्टारका १ सय ६३ घरधुरीलाई पुनर्वासको व्यवस्था गर्नुपर्ने आयोजनाको मूल्यांकन छ । 

सल्यानटार-१ का बूढीगण्डकी प्रभावित धनबहादुर कुमाल सरकारले समयमै मुआब्जा वितरण गर्न नसक्दा आफूहरु घन र नघाटको भएको बताउँछन् । ''भूकम्प गएको पनि यतिका वर्ष भइसक्यो । भूकम्प पीडितको पैसा पनि हामीले पाउन सकेका छैनौं, सरकारले बूढीगण्डको पैसा पनि दिएको छैन । सरकारले हाम्रो जग्गा रोक्का गरेको पनि २ वर्ष भयो, जग्गा बेच्न पनि पाएका छैनौं । सरकारले व्यवस्थापन गर्न नसक्दा हामी घर न घाटको भएका छौं,'' कुमाल भन्छन् ।

Global Ime bank

गोरखा– धादिङ बूढीगण्डकी जलविद्युत सरोकार समितिका अध्यक्ष दिनेशकुमार ढकालले मुआब्जा तोक्नको लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि शेरबहादुर देउवाको सरकारलाई गोरखाको आरुघाट, आर्खेत र धादिङको खहरे बजारमा मुआब्जा तोक्न आग्रह गरेपनि कसैले कुरा नसुनेको गुनासो गरे । उनले भने, ''अहिलेसम्म पनि गोरखा र धादिङको बजार क्षेत्रमा मुआब्जा तोकिन सकेको छैन । बूढीगण्डकी बन्छ कि बन्दैन भन्नेमा गोरखा र धादिङका जनता नै अन्योलमा छन् । प्रचण्ड सरकारले चिनियाँ कम्पनी गेजुवालाई निर्माण गर्न दियो, देउवा सरकारले नेपालले नै निर्माण गर्नुपर्छ भनेर फिर्ता गर्‍यो । अब फेरि केपी ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारले गेजुवालाई नै बूढीगण्डकी दिने भन्दैछ । हामी अन्यन्तै चिन्तित छौं ।''

सरकारले मुआब्जा वितरण गर्न नसक्ने भए जग्गा फुकुवा हुनुपर्ने माग प्रभावितको छ । ''सरकारले समयमा नै मुआब्जा  तोकिएको ठाउँमा वितरण गर्नुपर्छ र नतोकिएको ठाउँमा मुआब्जा तोकिनुपर्छ । यसरी जनतालाई अनिर्णयको बन्दी बनाउनु हुँदैन । सरकारले हामीलाई मुआब्जा वितरण गर्न सक्दैन भने फुकुवा गरिनुपर्छ। कहिलेसम्म हामी अनिर्णयको बन्दी भइरहने ?'' ढकाल भन्छन् । 

बूढीगण्डकी आयोजना इकाई समितिमा भएको अनियमितताका कारण पनि प्रभावितले समयमै मुआब्जा पाउन नसकेको गुनासो पनि स्थानीयको छ । बूढीगण्डकी जलविद्युत राष्ट्रिय सरोकार समितिका सदस्य मनोहर ढकालले ऊर्जा मन्त्रालयको मातहतमा रहेको बूढीगण्डकी आयोजना इकाई समितिका संयोजक कृष्ण कार्कीको लापरवाहीको कारण मुआब्जा वितरण नभएको अरोप लगाए । उनले भने, ''कृष्ण कार्कीले मुआब्जा वितरणमा भ्रष्टाचार गरे । कार्की संयोजक रहेसम्म धादिङ र गोरखाका प्रभावितले मुआब्जा पाउँदैनन् । उनलाई परिवर्तन गर्नुपर्छ भनेर हामी ऊर्जामन्त्री कमल थापालाई भेट्न आएका छौं ।''

सरकारले गत वर्ष दुवै जिल्लाका साविकका ६ गाविसका लागि ५ अर्ब बजेट वितरण गरेको थियो । उक्त बजेटबाट  गोरखाका घ्याल्चोक, भुल्मिचोक र दर्बिङ तथा धादिङका सलाङ, मैदी र खरीका प्रभावितले मुआब्जा पाएका थिए। यस वर्ष भने अहिलेसम्म सरकारले बूढीगण्डकी प्रभावितलाई मुआब्जा वितरण गर्न सकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC