site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
द्रुतमार्गको काम समयमै सकिन्छ, सवा खर्बमा भने सम्भव छैन : सेना
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं¬–तराई जोड्ने द्रुतमार्गको निर्माण कार्य तीव्र रुपमा अघि बढेको नेपाली सेनाले जनाएको छ । सेनाले मंगलबार पत्रकार सम्मेलन गरी सरकारले निर्माण कार्य जिम्मा लिएयताको प्रगति विवरण सार्वजनिक गर्दै तोकिएको ४ वर्षमा निर्माण पूरा हुने प्रतिबद्धता जनाएको छ । 

पत्रकार सम्मेलनमा आयोजना प्रमुख सहायक रथि सूर्यप्रसाद खनालले सरकारले सेनालाई दिएको जिम्मेवारी पूरा गर्न तीव्र गतिमा अघि बढेको जानकारी दिए । आवश्यक स्रोतसाधन सम्बन्धित क्षेत्रमा पुर्याइसकेको भन्दै उनले ५ स्थानमा  क्याम्प स्थापना गरी काम सुरु गरेको बताए । उनका अनुसार आयोजनामा पर्ने सामुदायिक वनका रुख काट्नेदेखि पहिले खुलाइएको पाइलट रुटको पहिरो पन्छाउने काम जारी छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कुल ७६.२ किलोमिटरमध्ये ललितपुरमा ७.९ कलोमिटर, काठमाडौंमा ४ किलोमिटर, मकवानपुरमा ५६.९ किलोमिटर तथा बारामा ७.६ किलोमिटर पर्छ । “समयमै आयोजना सम्पन्न गर्न हामीले रातदिन काम गरिरहेका छौं । सरकारले दिएको जिम्मेवारी पूरा गर्न गम्भीर छौं,” सहायक रथी खनालले भने, “हामीबाट हुन नसक्ने काम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण कम्पनीलाई जिम्मा दिनेछौं, त्यो कार्य पनि अघि बढेको छ ।” उनका अनुसार आयोजनामा साना¬–ठूला गरी ९९ स्थानमा पुलपुलेसा बनाउनु पर्ने हुन्छ । त्यसैगरी १.३७ किलोमिटर सुरुङमार्ग बनाउनुपर्छ । 

एडीबीले गरेको सम्भाव्यता अध्यनका आधारमा सेनाले काम अघि बढाएको र डीपीआर बनाउने काम तत्काल थाल्ने पनि पत्रकार सम्मेलनमा सेनाले जानकारी दियो । आयोजनामा पर्ने सर्वसाधारणका घरजग्गाको मुआब्जा दिने काम पनि धमाधम भइरहेको सेनाले जनाएको छ । 

Global Ime bank

तत्कालीन अवस्थामा एडीबीले तयार पारेको अध्ययनअनुसार द्रुतमार्ग निर्माणमा १.१२ खर्ब रुपैयाँ लाग्ने उल्लेख भए पनि अहिलेको बजार भाउले त्यतिमा काम नसकिने सेनाले बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC