site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
घरजग्गाको सहज कारोबार गर्न ‘घरजग्गाको साथी’
Sarbottam CementSarbottam Cement

काठमाडौं । घरजग्गाको कारोबार गर्दा आधारहीन विभिन्न व्यक्ति तथा समूहमा भर पर्दा आइपर्ने झन्झटको अन्त्य हुने भएको छ । घर तथा जग्गा किन्न, बेच्न र भाडामा लिन–दिनको लागि अब संस्थागत रूपमै ‘घर जग्गाको साथी’ मार्फत् कारोबार गर्न सकिने भएको हो । 

राजधानीको दरबारमार्गमा रहेको हाइल्याण्ड प्रोपर्टिजले ‘घरजग्गाको साथी’ ब्राण्डबाट आफ्नो सेवा सुरू गरेको छ । घरजग्गाको साथीमार्फत् अब घर तथा जग्गा धनीले आफ्नो सम्पति बेच्न तथा किन्न संस्थागत रूपमा सरल र पारदर्शी सेवा पाउने भएका छन् । भाडामा लिन र दिन चाहनेले पनि यो सेवा पाउनेछन् । घरजग्गाको साथीले कारोबारको ०.५ प्रतिशतको सेवा शुल्कमा आफ्नो सेवा दिने घोषणा गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीका प्रबन्ध निर्देशक भवी शर्माले भने, “हामीले घरजग्गा कारोबारको क्षेत्रमा देखिएका विकृति विसंगति हटाउन यो अभियान सुरू गरेका हौँ । किन्ने र बेच्ने दुवैतिर मनलाग्दो कमिशन खाने, जग्गा बैना गर्ने अनि तोकिएको समयमा पास नगर्ने जस्ता समस्या छन् । यस्ता विकृति हटाउन र किन्न–बेच्न संस्थागत मध्यस्थकर्ताको माध्यमबाट निर्धक्क भएर कारोबार गर्न आवश्यक परामर्श दिनेछौं ।”

सबै प्रक्रियाबाट ग्राहकलाई सुरक्षित बनाई एकै ठाउँबाट सबै किसिमका सेवाहरू उपलब्ध गराउने घरजग्गाको साथी नेपालकै पहिलो कम्पनी भएको बताइएको छ । यस किसिमको सेवामा सामान्य रूपमा कारोबारको ०.५ प्रतिशत सेवा शुल्कमै रहेर सेवा दिने कम्पनीको भनाइ छ । शर्माले भने, “किन्ने र बेच्ने व्यक्ति दुवैपक्षलाई सँगै राखेर छलफल गरी आपसमा कायम भएको मूल्यमा कारोबार गराउनेछौँ । हाम्रो कम्पनीमा आउने ग्राहकहरू कुनै पनि विचौलियाबाट ठगिन पर्दैन र कानुनी रूपमा सुरक्षित हुने घरजग्गाको कारोबार गर्न सक्छन् ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC