site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ, रासस । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताएका छन् । अनेरास्ववियूद्वारा आयोजित दुईदिने काठमाडौँ उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले समय परिस्थितिअनुसार संविधानलाई परिष्कृत गर्दै लैजाने बताए । 

पूर्वप्रधानमन्त्री खनालले नेपालको सीमांकन अझै नटुंगिएकामा दुःख व्यक्त गर्दै भने, “सन्धि सम्झौताले हाम्रो यो सिमाना भन्न सक्छौँ । तर अझै पनि सुस्ता र कालापानीजस्ता धेरै ठाउँमा सीमा विवाद छ । अब ती सिमाना कूटनीतिक रुपमा समाधान गर्नुपर्छ ।” 

उनले विश्वसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने तथा भारत र चीनको सहयोगमा अगाडि बढ्नुपर्ने धारणा राखे । एमालेमा पुस्तान्तरणको आवश्यक परेकाले युवाले नेतृत्व लिनुपर्नेमा उनले जोड दिए । 
कार्यक्रममा पोलिटब्यूरो सदस्य विन्दा पाण्डेले ‘महिला आन्दोलन’ र बुद्धिजीवी खगेन्द्र प्रसाईंले ‘आजको सन्दर्भमा माक्र्सवादको आवश्यकता’ विषयमा प्रशिक्षण दिएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC