देश
काठमाडौं । विक्रम सम्वत् १९९० सालमा आजकै दिन अर्थात् माघ २ गते नेपालमा भूकम्पले ठूलो क्षति पुर्याएको थियो । त्यसकै सम्झनामा हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइन्छ ।
२० औं भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर, काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलगायत सहभागी थए । भूकम्प सुरक्षा दिवसका अवसरमा विभिन्न संघसंस्थाहरुले चेतनामूलक कार्यक्रम गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४ १७:१८
प्रतिक्रिया दिनुहोस्