काठमाडौं । एपिएफकी शिक्षा श्रेष्ठ र शोभा गौचनले राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तरगत भएको ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
शिक्षाले सुदूरपशिचमकी निलिमा महरालाई २३–२१, २१–५ ले र शोभा गौचनले प्रशुन्ता खत्रीलाई २१–७, २१–१२ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।
महेन्द्रनगरस्थित कभर्डहलमा भएको प्रतियोगितामा मध्यमाञ्चलकी तारा आलेले पश्चिमाञ्चलकी आकृती केसीलाई २१–८, २१–१९ ले पराजित गरिन् । यस्तै पूर्वाञ्चलकी सुनैना मुखियाले सुदूरपश्चिमकी विष्णा बिष्टलाई २१–११, २१–१४ ले, पूर्वाञ्चलकी सिमा राजबंशीले मध्यपश्चिमकी पुष्पा शाहीलाई २१–४, २१–५ ले पराजित गरिन् । त्यस्तै, सेनाकी अनुमाया राईले मध्यपश्चिमकी कामना ओलीलाई २१–४, २१–३ को सेटमा पराजित गर्दा मध्यमाञ्चलकी सोफी खत्रीले पश्चिमाञ्चलकी सुन्दरा खनाललाई २१–१२, २१–७ को सोझो सेटमा पराजित गर्न सफल भइन् ।
पूर्वाञ्चलकी निता लम्सालले पश्चिमाञ्चलकी सकुन्तला भुषाललाई २१–१०, २१–९, सेनाकी रशिला महर्जनले मध्यपश्चिमकी रितु लिगललाई २१–६, २१–६ ले पराजित गर्दै दोश्रो चरणको यात्रा तय गरेका छन् ।
अन्य खेलमा मध्यमाञ्चलकी श्रेया प्रधानले मध्यमाञ्चलकी सुईजोङ जिएमलाई २१–३, २१–३ र एपिएफकी सिता राईले मध्यमाञ्चलकी मनिषा खड्कालाई २१–१३, २१–१२ ले पराजित गर्न सफल भइन् । पूर्वाञ्चलकी जेशिका गुरुङले सुदुरपश्चिमकी रञ्जना भट्टलाई २१–७, २१–११, मध्यपश्चिमकी दूर्गा शर्माले पश्चिमाञ्चलकी सुन्दरी थारुलाई २१–६, २१–१० ले पराजित गर्न सफल भइन् । सेनाकी अमिता गिरीले मध्यमाञ्चलकी महिमा श्रेष्ठलाई २१–५, २१–२ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका छन् ।
मंगलबार भएको पुरुष तर्फको क्वालिफाईङ राउण्डबाट आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै पश्चिमाञ्चलका विश्वास नेपाल र विशाल खड्का, पूर्वाञ्चलका प्रनिश सिंह ठकुरी र सुदूरपश्चिमका चिरण बिष्ट मुख्य प्रतिस्पर्धाका लागि छनोट भएका छन् ।
प्रतियोगिताको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसरमा सुदूरपश्चिमका उदियमान खेलाडी दिपेश धामीलाई नगद १५ हजार सहित सम्मान गरिएको थियो ।
पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको सहभागिता रहेको प्रतियोगितामा पुरुष महिला एकल तथा जोडी मिक्स जोडी र पुरुष महिला टिम ईभेन्टसमा खेला खेलाईने छ । प्रत्येक क्षेत्रमा ७ पुरुष र ५ महिला गरि ५६ पुरुष र ३५ महिला खेलाडीहरुको सहभागिता रहेका छन् ।