site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भक्तपुर रासस । नेकपा एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले सत्ता छाड्नुपर्ने सरकार आफैँ वाम एकता भाड्न लागिपरेको आरोप लगाएका छन् ।

समय समाज साप्ताहिकको १३ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वाम गठबन्धनको सरकार बनाउन समेत सरकारले भाँजो हाल्न थालेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले एमाले र माओवादी केन्द्रको एकता बिथोल्न र वाम सरकार बन्नबाट रोक्न कसैले नसक्ने भनाइ राखे ।

नेता गौतमले भने, “नयाँ सरकार बन्न नदिए बहुमत प्राप्त वाम गठबन्धनले संविधानको अधिकार प्रयोग गरेर संसद  बैठक बोलाउँछ, बैठक बस्छ, आफँै नयाँ सरकार बनाएर सिंहदरबारबाटै नयाँ सरकार सञ्चालन गर्छौ ।”

Global Ime bank

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुरलाई ३ नंबर प्रदेशको राजधानी बन्नेमा कसैले नरोक्ने बताए ।

नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य दीलिप प्रजापतिले नयाँ कम्युनिष्ट पार्टी निर्माणसँगै देशको विकास निर्माणले तीव्रता लिने चर्चा गरे ।

कार्यक्रममा समय समाज प्रकाशन प्रालिले पत्रकारितामा योगदान पु¥याएवापत अन्नपूर्ण पोष्ट दैनिकका सम्वाददाता गोपीकृष्ण ढुङ्गानालाई रु दुई हजार ५०० सहित सम्मान गरियो ।

त्यसैगरी नियमितरुपमा कथा लेखेर योगदान पु¥याएवापत पत्रकार एवं साहित्यकार रमेश गिरी, प्रकाशकुमार कार्की र शंकरबहादुर बुढाथोकीलाई सम्मान गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC