site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘भारत एक साथ चीन र पाकिस्तानसँग मोर्चा खोल्न सक्दैन’ 
Sarbottam CementSarbottam Cement

डोकलाम विवादमा भारतीय सेना प्रमुख जनरल बिपिन रावतले डोकलाम विवादित क्षेत्र भएको र यस्ता विवादले उत्तरी सीमामा ठूलो संघर्षको रुप लिन सक्ने बताएका थिए । 
त्यसको जवाफमा चीनले जनरल रावतको बयान ठिक नभएको बताउँदै बयानबाट दुबै देशबीचको सम्बन्धमा अड्चन आउन सक्ने चेतावनी दिएको थियो । साथै चीनले डोकलाम आफ्नो भूमि भएको दाबी पनि गरेको थियो । 
चिनियाँ पक्षले राष्ट्रिय एकताका लागि सम्पूर्ण शक्ति प्रयोग गर्ने र डोकलाम विवाद भूटान र चीनका बीचमा भएकाले भारतको कुनै भूमिका नरहेको पनि स्पष्ट पारेको थियो । 
चीनका विशेषज्ञ र नागरिकहरुले भारतमाथि आवश्यकताअनुसार भारतमाथि दबाब सिर्जना नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । जसका कारण उक्त असन्तुष्ट पक्षका नजरमा सम्मान यथावत राखी राख्न चीन सरकार भारत र डोकलामको विषयमा बयानबाजी गर्दै आएको छ । 

भारतले सीमामा पाकिस्तानलाई दबाबमा राखेको प्रति पनि चीन चिन्तित छ । उसले पाकिस्तानलाई ‘मोहरा’ रूपमा प्रयोग गरिरहेपनि पछिल्लो अवस्थामा पाकिस्तान कमजोर देखिएको छ । भारतीय सेनाको दबावसँगसँगै अमेरीकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाकिस्तानलाई आर्थिक सहयोग राकेपछि चीन असन्तुष्ट छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर भारत रहेको बलियो अवस्थामा जनरल रावतले यस्तो बोल्न हुन्थ्यो कि हुँदैन थियो भन्ने प्रश्न उब्जिएको छ मलाई यो पूर्व निर्धारित रणनीति थियो । र चीनलाई जतिसुकै होशियार सम्झिएपनि उ यो जालमा फस्दै गएको छ । प्रधानमन्त्रीसँगको सल्लाहमा रावतले यस्तो बताएको हुनसक्ने सम्भाmवनालाई टाल्न सकिदैन । 

दुई देशबीच सम्बन्ध चिसिएको जस्तो अनुमान गरिएपनि चीन–भारतका बीच शान्ति यथावत छ । शी जिनपिंग र नरेन्द्र मोदीका बीचमा पनि राम्रो सम्बन्ध रहेको छ । चीनले भारतसँग सम्बन्ध बिगार्न चाहेको छैन् । र दुबै देशले युद्ध नचाहेका कारण जनरल रावतको बयानबाट कुनै फरक पर्दैन । 

Global Ime bank

यति बेला सबै देशहरु आ–आफ्नै परिस्थितिको सामना गरिरहेका छन् । जनरल रावतलाई पनि आफ्नो तरिका सीमित राख्न जरुरी छ । किनकी भारत एक साथ दुई मोर्चा खेल्न सक्दैन । पाकिस्तान र चीन दुबै देशलाई एक साथ दबाउन सकिँदैन । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  ०२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC