site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
९ दिन लामो पदयात्रापछि सगरमाथामा विवाह !
Sarbottam CementSarbottam Cement

काठमाडौं । सबैलाई आफ्नो विवाह सम्झनालायक र महत्वको बनाउने चाहना हुन्छ । त्यस्तै चाहना बोकेका अष्ट्रेलियाका एक जोडीले विश्वको सबैभन्दा उच्च शिखरमा अत्यन्तै चिसोका बाबजुद विवाह रचेको डेलीमेलले जनाएको छ । 

३२ वर्षीया हैदी टर्नेन र ३१ वर्षीय टम रेइनले ९ दिन लामो ट्रेकिङपछि सगरमाथा पुगेर विवाह गरेका छन् । हिउँ नै हिउँले भरिएको स्थानमा अत्यधिक चिसो मौसमलाई सहेर उनीहरु सगरमाथा क्याम्पमा पुगेका थिए । विश्वकै सबैभन्दा उच्च शिखरमा पुगेपछि उनीहरुले परम्पराअनुरुप पहिरन लगाएर विवाह गरेको डेलीमेलले बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एकदमै कम तापमानमा पनि हैदीले विवाहकै पहिरन लगाइन् भने टमले चाहिँ सुट लगाएको तस्बिरमा देख्न सकिन्छ । 

स्वतन्त्र भएर दुईजना मात्र समय बिताउन उनीहरु गाइडको सहयोगबिना नै सगरमाथा बेस क्याम्पसम्म पुगेको बताए । हिमाल चढ्दै गर्दा उनीहरुले आफ्ना साथमा ३७ किलोको विवाहको पहिरन पनि साथमा बोकेका थिए । 

Global Ime bank

उनीहरु दुवैले लामो ट्रेकिङको मज्जा लिएको भएपनि कतिपय स्थानमा धेरै चुनौति र कठिनाईहरुको सामना गर्नुपरेको हैदीले बताइन् । उचाईका कारण माथिसम्म नपुग्ने डर लागिरहेपनि उनीहरुले हिम्मत हारेनन् र यसप्रति गर्व महसुस भएको दुवैले बताएका हुन् । मौसमले पनि उनीहरुको साथ दिएकाले लक्ष्यसम्म पुग्न सकेको हैदीले बताइन् ।

उनीहरुले पहिले काला पत्थरको शिखरमा विवाह गर्ने योजना बनाएको भएपनि उचाईका कारण हैदी बिरामी परेपछि बेस क्याम्पमै विवाह गर्ने निर्णय गरेको बताए । सगरमाथाकै आरोहणका लागि आएका अन्य मानिसहरु र स्थानीयले उनीहरुको विवाहको तस्बिर लिएको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC