site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उत्तर कोरियाका किम जोङबारे यसो भन्छन् उनका स्कुले साथीहरु
Ghorahi CementGhorahi Cement

काठमाडौं । विश्वभर चर्चित उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले २ वर्ष स्वीट्जरल्यान्डको विद्यालयमा पढाइ गरेका थिए । अहिले ३४ वर्षीय किम त्यस समय कोरियाको राजदूतका छोरा पार्क उनका नामले परिचित थिए र स्वीट्जरल्यान्डमा उच्च स्तरको महङ्गो स्कुलमा पढाई पूरा गरिरहेका थिए । 

तर पछि विद्यालयको शूल्क अत्यन्तै धेरै भएकाले १५ वर्षीय किमलाई उनका पिताले सामान्य विद्यालयमा भर्ना गराएका थिए ।

यसै क्रममा उनीसँग पढ्ने साथीहरुले उनीबारे केही रोचक जानकारी दिएका छन् । डेलीमेलका अनुसार स्कुलमा उनी बास्केटबल प्लेयरका रुपमा चिनिने गरेका थिए ।

Agni Group

उनी धेरै अग्लो नभएपनि बास्केटबलमा विशेष रुची राख्ने गरेकाले राम्रो खेलाडी भएको र माइकल जोर्डानको ठूलो फ्यान भएको उनका साथीहरुको भनाइ छ । 

अहिले स्वीट्जरल्यान्डमै शेफका रुपमा काम गरिरहेका जाओ मिकेला विद्यालयमा किमसँगै बस्ने गरेको र राम्रो साथी रहेको उनले बताए ।

Global Ime bank

मिकेलोले डेली बिस्टमा भने, ‘उसको जीवन आज कस्तो छ मलाई केही थाहा छैन तर सँगै पढ्दा हामीले धेरै समय साथमा बिताएका थियौँ । उसलाई बास्केटबल धेरै मन पथ्र्यो । उत्तर कोरियाका विरोधी राष्ट्रका विद्यार्थीसँग पनि किमको सम्बन्ध नराम्रो थिएन । ऊ हाँसिरहने र हसाइरहने किसिमको थियो र सबैसँग मिल्ने गथ्र्यो ।’ 

त्यति बेला किम आमा सरहकी आफन्त को योङ सुकसँग बस्ने गरेका थिए । अहिले उनी उत्तर कोरियाबाट भागेर अमेरिकामै सानो व्यवसाय गरेर बसिरहेकी छन् । 
२०१६ मा वासिङटन पोस्टमा दिएको अन्तर्वार्तामा उनले भनेकी थिइन् , ‘किमले पनि सामान्य बालबालिका जसरी सुखद् जीवन बिताओस् भनेर मैले धेरै कोशिश गर्थेँ । किम त्यसबेला देखि नै रिसाहा स्वभावका थिए । उनी कहिल्यै चकचक गर्दैनथे तर आफूले भनेको नहुँदा खाना नखाइ बस्ने गर्थे ।’

उनका साथी मिकेलोले थप भने, ‘स्कुल पढ्दादेखि नै किमको जीवनशैली हामीभन्दा धेरै फरक थियो । अन्य बच्चाहरुसँग नभएका सबै महङ्गा, नयाँ र आधुनिक खेलाउने कुरा किमसँग प्रशस्तै हुन्थे । हामी त्यस समय केटीहरु र मदिरा जस्ता कुरामा धेरै रुची राख्थ्यौँ तर उसले ती कुराबारे कहिल्यै चासो देखाउँदैनथ्यो । आफ्नो घरको बारेमा ऊ एकदम कम कुरा गथ्र्यो तरपनि उसलाई घरको धेरै याद आउँछ भन्ने हामीलाई थाहा थियो । ऊ सधैँ उत्तर कोरियाकै गीतहरु मात्र सुन्ने गथ्र्यो । एकदिन उसले आफ्नो वास्तविक परिचयबारे मलाई बताएको थियो तर त्यस समय मैले उसको विश्वास गरिनँ ।’ 

दुई वर्षसम्म त्यहाँ पढाई गरिसकेपछि किम कसैलाई केही खबर नगरि हराएको उनका साथीहरु बताउँछन् । वास्तवमा त्यसपछि उनी उत्तर कोरिया फर्किएको बताइन्छ । स्वीट्जरल्यान्डमै बस्दा किमले स्कीको पनि धेरै मज्जा लिने गरेका थिए । यसैको प्रभावमा उनले उत्तर कोरियामा अहिले २ वटा स्की रिसोर्ट खोलिसकेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC