site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रुसको तापमान –६७ डिग्री पुगेपछि आँखाको परेलासमेत जम्न थाल्यो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । १० लाख मानिसहरुको वासस्थान रहेको रुसको यकुटिया क्षेत्रमा मंगलबार –६७ डिग्री तापमान पुगेपछि चिसोका कारण मानिसहरुको परेला समेत जम्न थालेको तस्बिर सामाजिक संजालमा भाइरल भएको छ । 

आइतबारको तापमान –५० डिग्री हुँदा लिएको तस्बिरमा महिलाहरुको परेला हिउँका कारण जम्न पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन् । त्यस्तै ट्वीटरमा पनि एक व्यक्तिले राखेको भिडियोमा भर्खर उमालेको पानीलाई झ्यालबाट बाहिर फ्याँके लगत्तै पानी जमेर तल झरेको देखिएको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यकुटियाका वासीन्दाहरुले यसअघि पनि धेरै चिसो मौसमको सामना गरिसकेका छन् । त्यहाँका विद्यार्थीहरु –४० डिग्री हुँदा समेत स्कुल जाने गरेका छन् तरपनि मंगलबार भने तापमान झरेर –६७ पुगेपछि सो क्षेत्रका सबै विद्यालय लगायत अन्य कार्यालयहरु बन्द गरिएको बताइएको छ । अभिभावकसमक्ष बालबालिकालाई घरभित्रै राख्न पुलिसहरुले आग्रह गरिरहेको बताइएको छ ।

मंगलबार –५० डिग्रीसम्मको तापमान मापन गर्न सक्ने थर्मोमिटरको मर्करी अन्त्यसम्म पुगेपछि तापमान अझै कम रहेको बताइएको थियो । अहिलेसम्म त्यहाँ मापन गरिएको सबैभन्दा कम तापमान –७१ डिग्री भएको बताइएको छ । रुसको राजधानी मस्कोउबाट ५ हजार किलोमिटर टाढा रहेको यो क्षेत्रको तापमान सामान्यतया १८ देखि –४० सम्म रहने गरेको बताइएको छ । यसवर्ष भने चिसो अत्याधिक बढेपछि शनिबार दुई जनाको मृत्यु भएको बताइएको छ । गाडि बिग्रिएर नजिकैको घरमा मद्दत माग्न जाँदै गर्दा बाटोमै चिसोले जमेर तिनीहरुको मृत्यु भएको हो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  ०३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC