देश
काठमाडौं । बुधबार एकैदिनमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने १४ सय २४ जना सवारी चालक प्रहरीको कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार जथाभावी यात्रु चढाउने र ओराल्ने २७३ जना, लेन अनुशासन उल्लंघन गर्ने १९५ जना, मदिरा पिएर सवारी साधन चलाउने ६७ जना सवारी चालक कारबाहीमा परेका छन् ।
त्यसैगरी सडक तथा फुटपाथमा पार्किङ्ग गर्ने ९८ जना, जेव्रा क्रर्सिङमै सवारी साधन रोक्ने ५२ जना, जथाभावी हर्न बजाउने २९ जना चालकलाई पनि ट्राफिक प्रहरीले बुधबार कारबाही गरेको छ । यसैगरी बढी धुवाँ फाल्ने ३ वटा सवारी साधनलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालय पठाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४ १०:२९
प्रतिक्रिया दिनुहोस्