site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

मोरङ, रासस । मोरङका १५ स्थानीय तहमा दमकल छैन । झट्ट आगलागी हुँदा निभाउने यन्त्र नै नभएपछि जिल्लावासी अन्य जिल्लामा दमकल बोलाउन बाध्य छन् । बाँकी दुई स्थानीय तहमा बारुणयन्त्र छन् । 

बेलबारी, सुनवर्सी, लेटाङ, उर्लाबारी, रंगेली, रतुवामाई, पथरीशनिश्चरे नगरपालिका र जहदा, धनपालथान, मिक्लाजुङ, केरावारी, ग्रामथान, कानेपोखरी, बूढीगंगा, कटहरी गाउँपालिकामा बारुण यन्त्र छैनन् । मोरङ प्रहरी प्रमुख अरुणकुमार बिसीका अनुसार जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा निभाउन अरू जिल्लाका दमकल बोलाउनुपर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जिल्लामा गत वर्षको पुसदेखि हालसम्म एक वर्षमा ६२ स्थानमा आगलागी हुँदा ६४ वटा घर पूर्णरुपमा नष्ट भए । प्रहरीका अुनसार उद्योग र व्यापारिक क्षेत्र गरेर सात ठाउँमा भएको आगलागीले क्षति भएको छ । 

त्यसैगरी, सामुदायिक स्कुल एवम् वनमा पनि आगलागी भएका छन् । आगोमा परेर चार जनाको मृत्यु भयो भने तीनजना घाइते भएका थिए । ती घटनामा २७ चौपाया मरे भने पाँचवटा घाइते भए । आगोले करिब २६ करोडको क्षति भयो । मोरङको विराटनगर महानगरपालिका र सुन्दर हरैचा नगरपालिकासंग मात्र बारुणयन्त्र रहेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  १०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC