site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस केन्द्रीय समिति बैठकको मुख्य एजेन्डा राष्ट्रियसभा निर्वाचन
Sarbottam CementSarbottam Cement

काठमाडौं, रासस । प्रमुख सत्ता रुढ दल नेपाली कांग्रेस केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) बसिरहेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा  भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, उपप्रधानमन्त्री एवं पार्टी नेता विजयकुमार गच्छदारलगायत पार्टी नेताहरु उपस्थित छन् । 
बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, निर्वाचनमा अन्य दलसँगको सहकार्यका साथै समसामयिक राजनीतिक विषयमा छलफल शुरु भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बसेको हो । उक्त निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र नेतृत्वको आलोचना हुनाका साथै केन्द्रीय समिति र महासमिति बैठक बोलाउनुपर्ने माग उठ्दै आएको छ । गत मंसिर १० र २१ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मुलुकको ठूलो दल कांग्रेस पहिलो स्थानबाट दोस्रो स्थानमा पुगेको छ । 

बैठकमा राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयनको सैद्धान्तिक विषय, निर्वाचनमा अन्य दलसँगको सहकार्य, निर्वाचनमा पार्टीका उम्मेदवार र मतदातालाई प्रशिक्षणलगायत विषयमा छलफल हुने केन्द्रीय सदस्य बालकृष्ण खाँणले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हालै जारी अध्यादेशअनुसार राष्ट्रियसभा निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुँदैछ । उक्त निर्वाचन प्रणालीका बारेमा उम्मेदवार तथा मतदातालाई आवश्यक प्रशिक्षण गर्नुपर्ने आवश्यकता भएकाले कांग्रेसले निर्वाचनको तयारीका लागि सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि र प्राविधिक टोली खटाउनेबारेमा समेत निर्णय गर्ने उनले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले यही माघ २४ गते राष्ट्रियसभाको सदस्य निर्वाचनका लागि मिति घोषणा गरेको छ । सोहीअनुसार निर्वाचन आयोगले निर्वाचनको आवश्यक तयारी गरिरहेको छ । राष्ट्रियसभा निर्वाचनको तयारीका लागि सरकारले बुधबारमात्रै मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेशका प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको अस्थायी केन्द्रसमेत तय गरेको छ । सरकारले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकेपछि बुधबार नै आयोगले पनि प्रदेशसभाको समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक गरेको छ । 

प्रधानमन्त्री एवं पार्टी सभापति देउवाको व्यस्त समय तालिकाका कारण आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको पराजयका बारेमा प्रारम्भिक समीक्षामात्र हुने र विस्तृत समीक्षाका लागि निर्वाचन प्रक्रिया शुरु भइसकेपछि तत्काल अर्को बैठक बस्न सक्ने नेता खाँणले बताए । 
प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीमा संगठन सुदृढीकरणका साथै केन्द्रीय कार्यसम्पादन र संसदीय समिति विघटन गर्नुपर्ने, केन्द्रीय विभाग गठन गर्नुपर्ने, केन्द्रीय समितिलाई पूर्णता, भ्रातृसंस्थालाई पूर्णता एवं प्रभावकारी परिचालन गर्न माग उठिरहेको सन्दर्भमा यो बैठक शुरु भएको छ । 

Global Ime bank

यसैबीच, कांग्रेस केन्द्रीय सदस्य दीपक गिरिले बैठक बहिस्कार गरेका छन् । प्रदेश राजधानीको निर्णयप्रति असन्तुष्टि जनाउँदै  बैठकको सुरुमा आफ्नो धारणा राखेर निस्केको प्रतिकृया उनले दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC