site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
धनकुटाका सरकारी कार्यालयमा आगजनी, दाङ र वीरगञ्ज बन्द
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले प्रदेश नं. १ को अस्थायी मुकाम विराटनगरलाई तोकेपछि धनकुटामा बुधबार साँझदेखि नै आन्दोलन चर्किएको छ । आन्दोलनकारीले बिहिबार क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन् । 

आगजनीबाट कार्यालयको एउटा कोठामा रहेका कम्युटर, प्रिन्टर तथा कागजातहरुमा क्षति पुगेको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । प्रजिअ उप्रेतीका अनुसार आन्दोलनकारीले जिल्ला मालपोत कार्यालय, नापी कार्यालय, सहरी विकास कार्यालयका सिसा पनि फुटाइदिएका छन् । 

आन्दोलन चर्कंदै गएपछि जिल्ला प्रशासन कार्यालयले सदरमुकामका केही भागलाई  निषेधित क्षेत्र घोषणा गरेको छ । आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा केहि आन्दोलनकारी र प्रहरी घाइते भएको समेत प्रजिअ उप्रेतीले जानकारी दिए । धनकुटा बजारमा बुधबार साँझ पनि मशाल जुलुस निकालिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

उता, प्रदेश नं। ५ को अस्थायी राजधानी दाङलाई नतोकेको विरोधमा आज बिहीबार पनि दाङ बन्द छ । जिल्लामा आज पनि बिहानैदेखि यातायात, बजार, कलकारखाना, शैक्षिक संस्था सबै ठप्प छन् । पूर्वपश्चिम राजमार्गमा समेत सवारी साधन सञ्चालनमा आउन नसकेको बाह्रखरी संवाददाता विवेक ओझाले जनाएका छन् । 

यसका साथै आसन्न राष्ट्रिय सभाको चुनावलाई प्रभावित पार्ने गरी जिल्लाका सबै जनप्रतिनिधिहरूलाई बन्धक बनाउने, सम्पूर्ण नेता तथा सरकारका प्रतिनिधिहरूलाई जिल्लामा प्रवेश निषेध गर्ने, माघ २४ मा दाङमा हुन लागेको ५ नं। प्रदेशको राष्ट्रिय सभा चुनाव हुन नदिने, कुनैपनि प्रकारको कर नतिर्ने, राजमार्ग केन्द्रीत आन्दोलनलाई सशक्त बनाउनेलगायतका कडा आन्दोलनको स्वरुप तय गरेको दाङ राजधानी सरोकार समितिका सदस्य सचिव सविन प्रियासनले बताए ।

Global Ime bank

राजधानी माग गर्दै मंगलबारदेखि भएको दाङ बन्द र आमहड्तालका कारण जनजीवन प्रभावित बन्दै गएको छ । यसैबीच दाङ राजधानी सरोकार समितिले विभिन्न निर्णय गर्दै आन्दोलन थप चर्काउने निर्णय गरेको छ । अस्पताल बाहेक सबै सरकारी कार्यालयहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय समितिले गरेको छ । 

दाङको निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओवादीका नेता कृष्णबहादुर महरा र २ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाङलाई प्रदेश राजधानी नतोकेकोमा विरोध जनाएका छन्। महराले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले निर्णय तुरुन्त सच्याउनुपर्ने माग गरेका छन् भने नेता पोखरेलले सरकारको निर्णयलाई विवेकहिन भनेका छन्।

वीरगन्जको घण्टाघर माइस्थानसहित अन्य चोकहरुमा पनि टायर बालेर बिहानैदेखि प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले बीरगन्जलाई प्रदेश राजधानी बनाउनुपर्ने माग गरिरहेका छन्। प्रदर्शनकारीले घन्टाघरमा एउटा कार तोडफोड गरेका छन्।

वीरगन्जलार्इ अस्थायी राजधानी नतोकिएको भन्दै बुधबार साँझ संघीय समाजवादी फोरम एवं राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतलासमेत जलाएका थिए। बिहीबारको बन्द भने एमाले र कांग्रेसले अह्वान गरेका हुन्।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC