site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
एक सिफ्टको ड्युटी छाडेर नर्सहरु आन्दोलनमा, सरकारसँग वार्ता जारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । आन्दोलनरत नर्सहरुले बिहीबारदेखि एक सिफ्टको ८ घण्टा ड्युटी छाडेका छन् । स्वास्थ्य मन्त्रालयले उनीहरुका मागको सुनुवाइ नगरेपछि पूर्व कार्यतालिका अनुसार उनीहरुले तीन दिनसम्म एक सिफ्टको ड्युटी छाड्ने घोषणा गरेका हुन् ।

एक हप्ताअघि ११ बुँदे माग अघि सार्दै उनीहरुले आन्दोलन घोषणा गरेका थिए । तीन दिनभित्र पनि माग पूरा नभए माघ ७ गते २४ घण्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने नेपाल नर्सिङ संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले बताइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त पुनर्बहाली, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनःस्थापना, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको नर्स बिरामीको अनुपात सबै अस्पतालमा यथाशीघ्र लागू, नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध हुनुपर्नेलगायत ११ बुँदे माग नसैले राखेका छन् । 

उनीहरुका मागका बारेमा आज बिहिबार स्वास्थ्य मन्त्रालयमा वार्ता भइरहेको छ । 

Global Ime bank

तस्बिर, रासस
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC