site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
ओलीको कटाक्ष– राजतन्त्र फर्किहाल्छ भन्ने कथा पढेँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुखमा वाम गठबन्धनको सहमति नरहेको बताएका छन् । नियमित स्वास्थ्य परीक्षण गरेर थाइल्याण्डको बैंककबाट स्वदेश फिर्ता भएका अध्यक्ष ओलीले सरकारले ढिला गरी प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्नु स्वागतयोग्य भए पनि नाउँ र ठाउँका विषयमा आफूहरूको कुनै सहमति नभएको जिकिर गरेका हुन् ।

उनले प्रदेशको अस्थायी मुकाम तोकेको विषयमा आन्दोलन भइरहेकाप्रति लक्षित गर्दै सरकारको हातबाट जनप्रतिनिधिका हातमा गएको भन्दै सम्बन्धित प्रदेशसभाले यसको निर्क्योल गर्ने धारणा व्यक्त गरे । “यो प्रदेशसभाको हातमा गइसकेको छ,” आन्दोलनप्रति उनले लक्षित गरे ।

‘राजतन्त्र फर्काउने कथा पढेँ’

Prabhu Bank
Agni Group
NIC Asia

निर्धारित समयभन्दा झन्डै ४३ मिनेट ढिला, १२ : ४३ मा थाइ एअरवेजको जहाजबाट अवतरण भएका अध्यक्ष ओलीले आफु बैंककमा  रहँदा नेपालका अनलाइनमा ‘राजतन्त्र फर्काउने पक्कापक्की भएको समाचार पढेको भन्दै कटाक्ष गरे । “नेपालका किन यस्ता खालका गतिविधि हुन्छ । जनतालाई सही सूचना दिने दायित्व सञ्चारमध्यमको हो नि !,” उनले आश्चर्य प्रकट गरेका थिए ।

उनले थाइल्याण्डमा पूर्व युवराज्ञी हिमानी शाहसँग भेटेको समाचारबारे खण्डन गरेका हुन् । गत पुस २१ गते छोरी छाड्न गएकी शाहसँग अध्यक्ष ओलीले भेटेको समाचारलाई नै उनले ‘कथा’ भन्दै व्यंग्य पस्किएका हुन् । संयोगवस अध्यक्ष ओलीसँगै हिमानी पनि फर्किएकी थिइन् । ओली भीआईपी कक्षमा ‘प्रेसमिट’ गरिरहँदा हिमानी विमानस्थलबाट बाहिरिएकी थिइन् ।

Global Ime bank

‘पार्टी एकता अलिकति लम्बिन्छ’

गत पुस २६ गते बुधबार बैंकक जानेबेलामा अध्यक्ष ओलीले एमाले–माओवादी केन्द्रबीच १५–२० दिनभित्रै पार्टी एकता हुने बताएका थिए । बिहीबार सोही सन्दभर्मा सञ्चारकर्मीले राखेको जिज्ञासामा अध्यक्ष ओलीले ठोस जवाफ दिएनन् । “अस्ति १५–२० दिन भनेकै हुँ त, स्योर ! त्यसो भए अलिकति समय थपियो । किनकि म बाहिर गएँ नि त !,” उनको ठट्यौली थियो ।

वामदेवलाई धन्यवाद
 

अध्यक्ष ओली सोमबार आउने कार्यक्रम तय थियो । तर केही स्वाथ्य परीक्षणका प्रतिवेदन (रिपोर्ट) नआएकाले मंगलबार र बुधबारको उडानमा गडबडी भएकाले बिहीबारमात्रै फर्कनुपरेको ओलीको जवाफ थियो । त्यस्तै उनले आफू यहाँ नहुँदा पार्टीको काम नरोकिएको र कार्यवाहक अध्यक्ष वामदेव गौतमले कुशलतापूर्वक जिम्मेवारी निभाएको भन्दै धन्यवाद दिएका थिए ।

त्यस्तै अध्यक्ष ओलीले आफू उपचारका लागि नभइ नियमित स्वास्थ्य परीक्षणका लागि गएको र आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको पटक–पटक दोहोर्याएका थिए ।

तस्बिर, चेतन अधिकारीको फेसबुकबाट 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement