site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै धिरज ...
Ghorahi CementGhorahi Cement

काठमाडौं । गायक धिरज राईले बुद्ध नेपालमा जन्मिएको सन्देश विश्वभर फैल्याउन नयाँ रेकर्ड बनाएर गिनिज बुक अफ दि वल्र्ड रेकर्डसमा नाम लेखाउने भएका छन् । भारतले बुद्ध आफ्नो देशमा जन्मिएका हुन् भनेर विभिन्न माध्यमबाट दाबी गरिरहेको भन्दै गायक राईले उक्त दाबीलाई ‘चिर्न’ गिनिज बुकमा नाम लेखाउन लागेको जनाएका छन् । 

यसका लागि शैनिक मञ्च टुँडिखेलमा ५० हजार मानिस भेला भएर बुद्धको उपदेश पढेर नयाँ रेकर्ड बनाउने तयारी गरिएको उनले जनाए । “माघ २७ गते शैनिक मञ्च टुँडिखेलमा ५० हजार व्यक्ति एकैपटक जम्मा हुने छौं,” राईले भने, “त्यहाँ बुद्ध गुरुले भगवान गौतम बुद्धको उपदेश पढ्नु हुनेछ र ‘बुद्ध वाज वोर्न इन नेपाल’ भन्नु हुनेछ । उहाँले भनेपछि सहभागी ५० हजारले उपदेश दोहोर्याएर ‘बुद्ध वाज वोर्न इन नेपाल’ भन्नुहुनेछ । यसको मुख्य उद्धेश्य भनेको बुद्ध नेपालमा जन्मिनु भएको हो भनेर विश्वभर सन्देश प्रवाह गर्नु हो ।”

यसअघि यस्तै प्रकारको रेकर्ड भारतले ४७ हजार व्यक्तिको उपस्थितिमा गरेको हुनाले त्यसलाई तोड्न ४७ हजारभन्दा धेरै सहभागीको आवश्यकता हो । “हामीले अहिलेसम्म एक दर्जनभन्दा धेरै स्कुल तथा क्याम्पसमा उपस्थितिका लागि आग्रह गरिसकेका छौं । उहाँहरुले सहभागी हुने प्रतिबद्धता जनाउनु भएको छ,” राईले भने, “म सबै काठमाडौंबासीलाई भन्छु, यो अभियानमा सरिक भएर साथ दिनुहोस् ।”

Agni Group

‘विश्व किर्तीमानी परिषद्’ ले आयोजना गरेको कार्यक्रममा धिरज राई र पत्रकार रवि लामिछाने मुख्य अभियान्ताका रुपमा रहेका छन् । राईले सन् २००६ देखि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने अभियान चलाउँदै आएका छन् भने पत्रकार लामिछानेले बुद्ध नेपालमा जन्मिएको सन्देश दिन विश्वमै सबैभन्दा लामो लाइभ अन्तवार्ता लिएर गिनिज बुकमा नाम लेखाइसकेका छन् । 

राई र लामिछानेलाई परिषद्ले यो अभियानको सद्भावना दूतको जिम्मेवारी दिएको छ । विश्व किर्तीमानी परिषद् नेपालबाट गिनिजबुकमा नाम लेखाउनेहरु आबद्ध रहेको संस्था हो । 

Global Ime bank

माघ २७ गते हुने उक्त कार्यक्रमको सुरक्षाका लागि नेपाल प्रहरीसँग पनि कुरा भैसकेको राईले बताए । “सुरक्षाको प्रवन्ध नेपाल प्रहरीले गर्ने बचन दिइसकेको छ,” उनले भने, “कार्यक्रम आयोजनाका लागि नेपाल आर्मीले शैनिक मञ्च टुँडिखेल उपलब्ध गराउने भएको छ । शैनिक मञ्चले नपुगे सेनाले प्रयोग गर्दै आएको बद्रकालीको खाली जग्गा पनि उपलब्ध गराउने भएको छ ।”

उनका अनुसार सुरक्षाका लागि हेलिकप्ट र ड्रोन समेत उडाइने छ । 

अभियानका लागि आर्थिक संकलन मुख्य चुनौती रहेको उनले बताए । “यो अभियानका लागि सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले ५० हजार रुपैयाँ दिनु भएको छ । अब बाँकी रकम जुटाउनु पर्नेछ । यो नै हाम्रो मुख्य चुनौती हो ।”    

माघ २७ गते शनिबार परेकाले विदाको एक दिन बुद्धका लागि दिन उनको आग्रह छ । “शनिबार एक दिन बुद्धका लागि दिन मेरो आग्रह छ । परिवारलाई दिने र रमाइलो गरेर बिताउने शनिबारको दिन बुद्ध नेपालमा जन्मिनु भएको हो भनेर प्रमाणित गर्ने सन्देश फैलाउने अभियानका लागि दिन आग्रह गर्छु,” उनले अनुरोध गरे ।  

विश्वव्यापी पहुँच भएका आफ्ना सञ्चारमाध्यममार्फत भारतले बुद्ध आफ्नो देशमा जन्मिएका हुन् भनेर दाबी गर्दै आएको छ । 
भारतको यो ‘गलत’ सन्देश प्रवाह रोक्न धिरज आफ्नोतर्फबाट प्रयास गर्दै आएका छन् । 

“एमएमा अंग्रेजी साहित्यमा ५ सय पूर्णांकका ५ वटा पुस्तक पढ्नुपथ्र्यो । त्यसमा एउटा पुस्तक थियो,– ‘हिष्ट्री अफ नलेज ।’ त्यसमा एउटा टपिक छ, ‘बुद्धिजम’ । त्यसमा लेखिएको थियो, ‘बुद्ध वाज बर्न इन नर्देन पार्ट अफ इण्डिया ।’ मैले नेपालमा बुद्ध भारतमा जन्मिएका हुन् भन्ने पुस्तक हटाउन पहल गरेँ, हट्यो पनि अब यो अभियानलाई विश्वभर पुर्याउनु छ । बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने विश्वमा फैल्याउनु छ । त्यसकै एउटा कदमका रुपमा मैले यसलाई लिएको छु,” सन् २००६ बाट एमए पढ्दा देखि सुरु गरेको अभियानमा अब हामी सबै लामबद्ध हुनुपर्छ । यो अभियान देखिनेगरी मैले सुरु गरेँ होला तर अब यो सबै नेपालीको अभियान भएको छ । त्यसैले कतिले ‘यो धिरजको अभियान हो भन्छन् तर म भन्छु यो मेरो हैन हाम्रो अभियान हो ।”

उनी यही अभियान लिएर हङकङसँगै अमेरिका, बेलायत, क्यानडा, कोरियालगायतका दर्जनौं देश पुगे । त्यहाँ उनले रहेका  नेपालीलाई आफ्नो अभियानमा सहयोगका लागि आग्रह गर्दै आएका छन् ।  

“बुद्धले भन्नुभएको एउटा उद्गारबाट म निकै प्रेरित छु । उहाँले भन्नुभएको थियो तीन कुरा– १) चन्द्र, २) सूर्य र ३) सत्य यो संसारमा धेरैबेर लुक्न सक्तैन,” धिरज भन्छन्, “यो वाणी उनमै लागु हुनुपर्छ र हुन्छ ।”

ढिलोचाँडो सत्य अवश्य उद्घाटित होला तर निकै ढिलो भैसकेको जस्तो उनलाई लागेको छ । त्यसैले त उनले आफ्नो गीति एल्बम नै ‘बुद्ध वाज बर्न इन नेपाल’ निकाल्दैछन् । यही बोलमा गीत निकालिसकेका छन् । बुद्धभूमि लुम्बिनीमै पुगेर छायांकन गरेका छन् । विश्व समुदायले सुनाउन उनले यो गीत अंग्रेजीमै रेकर्ड गरेका छन् । 

यो एल्बमका लागि धिरजलाई बेल्जियमको बी.बीभीए.विमन रेकर्डसले सहयोग गर्दैछ । बी.बीभीए.विमन रेकर्डस्पश्चिमा कलाकारलाई पूर्वी देशमा ल्याउने र पूर्वीया कलाकारलाई पश्चिमा देशमा लैजाँदै आएको संस्था हो । 

बी.भी.बीए.विमन रेकर्डसले धिरजलाई ६० लाख खर्चिदैछ । अहिलेसम्म ६० प्रतिशत काम सकेका धिरज अब ६ महिनामा बुद्ध नेपालमा जन्मिएको सन्देश लिएर निस्किनेछन् । ८ वटै गीतको भिडियो तयार गरेर बी.भी.बीए. विमन रेकर्डसले भि च्यानलबाटै अनएयर गर्नेछ । “कुन माध्यम प्रयोग गरेर हुन्छ हामीले बुद्ध नेपालमै जन्मिएका हुन् भनेर विश्वलाई सुनाउनु छ,” राई भन्छन्, “यसका लागि गिनिज बुकमार्फत जान खोजिएको हो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC