site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टिम च्याम्पियन बनेको आर्मीलाई ९ स्वर्ण
Sarbottam CementSarbottam Cement

काठमाडौं । च्याम्पियनसिप अन्तर्गत १४ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । शनिबार सम्पन्न च्याम्पियनसिपमा आर्मीले सर्वा्धिक ९ स्वर्ण जितेको छ ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा भएको प्रतियोगितामा आर्मीले गेरोगीतर्फ ७ स्वर्ण, ५ रजत र ३ कांस्य जित्यो भने पुम्सेमा २ स्वर्ण, २ रजत र १ कांस्य हात पारेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले गेरोगीमा ६ स्वर्ण, ४ रजत र ३ कांस्य जित्यो । पुम्सेमा पुलिसले २ स्वर्ण, १ रजत र २ कांस्य प्राप्त गर्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

च्याम्पियनसिपमा नेपाल एपीएफ क्लबले तेश्रो स्थानमा चित्त बुझायो । गेरोगीमा २ स्वर्ण, ३ रजत र ३ कांस्य जितेको एपीएफले पुम्सेमा १ स्वर्ण र २ कांस्य हासिल गर्यो । विभागीय टिम बाहेक गेरोगी र पुम्सेमा मध्यमाञ्चल र पूर्वाञ्चलका १–१ खेलाडीले स्वर्ण जिते । गेरोगीको पुरुष ८७ केजीमा मध्यमाञ्चलका भुपेन श्रेष्ठ र महिला पुम्सेको २० वर्षमुनि पूर्वाञ्चलकी सिना मादेनले स्वर्ण हात पारे ।

प्रतियोगिताको गेरोगीतर्फ पुरुषमा १२ औं सागका रजतधारी पुलिसका वीरबहादुर महरा तथा महिलामा एपीएफकी अस्मिता खड्का उत्कृष्ट खेलाडी चुनिए । वीरबहादुरले ६३ केजीमुनि स्वर्ण जितेका थिए । अस्मिताले ४९ केजीमुनि स्वर्ण हात पारिन । पुम्सेको पुरुष्मा एपीएफका नवीन श्रेष्ठ तथा महिलामा आर्मीकी निता गुरुङ उत्कृष्ट ठहरिए । नवीनले १६ वर्षमुनि र निताले २० वर्षमाथि स्पर्धामा स्वर्ण चुमे । उत्कृष्ट चारैले जनही ५ हजारका दरले नगद पुरस्कार पाए ।

Global Ime bank

अन्तिम दिन महिला ४९ केजीमुनि बाहेक अन्य चार स्पर्धाको फाइनल भएको थियो । महिलाको ५३ केजीमुनि १२ औं सागकी रजत विजेता निमा गुरुङले पहिलो स्थान हात पारिन् । निमाले फाइनलमा पूर्वाञ्चलकी सन्ध्याकुमारी सिंहलाई हराइन् । ४६ केजीमुनि आर्मीकी कल्पना चौधरीले स्वर्ण जितिन् । कल्पनाले प्रतियोगिताकै अन्तिम फाइनलमा पश्चिमाञ्चलकी सरिता श्रेष्ठलाई २९–२३ ले पाखा लगाइन् । दोश्रो राउन्डको खेल समाप्तिसम्म दुवै २१–२१ को समान स्थितिमा थिए । तेश्रो राउन्डमा कल्पनाले ८–२ को अग्रता बनाउदै स्वर्ण पक्का गरिन् । पहिलो राउन्डमा कल्पना १३–७ ले अघि थिइन् भने दोश्रोमा ८–१४ ले पछि परेकी थिइन् ।

पुरुष ५८ केजीमुनि आर्मीका सागर गुभाजु र ५४ केजीमुनि प्रहरीका अनोज मल्ल पहिलो भए । फाइनलमा सागरले मध्यमाञ्चलका कपिल थापा र अनोजले एपीएफका चन्द्र राणा मगरको चुनौती पन्छाएका थिए ।

प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीय टोलीका १ सय ७६ खेलाडीले गेरोगीमा १६ र पुम्सेमा ६ गरी विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेको नेपाल तेक्वान्दो संघले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०७४  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC