site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लेखन कुन्जमा रवीन्द्र मिश्रको चुनावी अनुभव
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालमा पनि अनुभवको श्रृंखला सुन्ने सुनाउने नियमित कार्यक्रम शुरु भएको छ । मान्छेको अनुभव नै मान्छेको लागि प्रेरणाको मल हो भन्ने अभिप्रायसहितको पहिलो अन्तरक्रिया रवीन्द्र मिश्रको चुनावी अनुभव र कविताको कुरा नाम दिएर गरिएको थियो ।

घोष्ट राईटिङ नेपालद्वारा आयोजित यो कार्यक्रम प्रत्येक महिनाको पहिलो शनिबार हुने आयोजक तथा घोष्टराईटिंग नेपालका अध्यक्ष कमल ढकालले जानकारी दिए ।

Agni Group

जीवन साहित्यभन्दा माथि हुने र हरेक मान्छेको जीवन साहित्यमा मिसाउन सके मात्र साहित्यको लामो नदी बग्न सक्ने उनले बताए ।  मान्छेको जीवनबाट नै साहित्य बन्ने भएकोले लेखन कुन्जमा निरन्तर चल्ने अनुभव श्रृखंलाले साहित्यलाई नै मद्दत गर्ने आफुले ठानेकोले यो कार्यक्रम सुरु गरेको बताए । 

कार्यक्रममा रवीन्द्र मिश्रको कविता घोष्ट राईटिंग नेपालका नीशा रुम्बा, र रेनुका खरेलले बाचन गरेका थिए । केही कविताहरु मिश्रले पनि वाचन गरे ।  

Global Ime bank

आफ्नो चुनावी अनुभव बारे रवीन्द्र मिश्रले भने – ‘चुनावी दौरानका क्रममा युवा र वृद्धवृद्धाका आँखाबाट झर्न नसकेका आँसु झरेको देखियो । देशमा विकास र सम्बृद्धिले निकास नपाएकोमा जनतामा निराशाहरु पनि देखियो । एकातिर बामपन्थी एकता र अर्कोतिर कांग्रेस जोगाउने समयको बीचमा चुनावी अभियानमा लागियो । राजनीतिमा दस वर्षसम्ममा अरुले लिएको अनुभव मैले दस महिनामा लिएँ । अनेकौँ चुनौतीका बीचमा पनि साझा पार्टीले आफूलाई दरिलो भएर उभ्याउन सफल भयो । अबको पाँच वर्षमा संगठन विस्तार गरि देशलाई सम्बृद्धिको बाटोमा लैजान सक्षम हुने मैले विश्वास लिएको छु ।’
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०७४  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC