site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
क्यान्सर सम्बन्धी अहिलेसम्मकै ठूलो उपलब्धी !
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैज्ञानिकहरुले चिकित्सा क्षेत्रमा क्यान्सर सम्बन्धी ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएको बीबीसीले जनाएको छ ।

यस अन्तर्गत क्यान्सरको लक्षण देखापर्नु अघि नै रगत परीक्षण गरेर बिरामीलाई थाहा दिन मिल्ने भएपछि यसले उपचारलाई सहज बनाइदिएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जोन होप्किन्स युनिभर्सिटीको अनुसन्धान टोलीले ८ प्रमुख क्यान्सरलाई केबल रगत परीक्षण गरेरै देखा पर्नुअघि क्यान्सर पत्ता लगाउन सकिने तरिकाको आविष्कार गरेको बताइएको छ । पहिलो चरणमै क्यान्सर पत्ता लगाएर बिरामीको जीवन बचाउने उद्देश्यले सो अनुसन्धान थालिएको थियो । यसै क्रममा अनुसन्धानको नतिजा राम्रो आउँदा यसले चिकित्सक र अनुसन्धानकर्तालाई समेत उत्साहित बनाइदिएको छ । 

क्यान्सर हुँदा ट्युमरले परिवर्तन गराउने डिएनए र प्रोटिनका स–साना निशानहरु रगतमै रहने पत्ता लगाइएपछि अनुसन्धानले नयाँ मोड लिएको थियो । क्यान्सर हुँदा १६ वटा जिन लगातार परिवर्तन हुने गर्छ भने आठ प्रोटिनहरु रगतसँग मिसिने गर्छन् । यही खोजलाई आधार मान्दै १ हजार भन्दा बढी क्यान्सरका बिरामीको परीक्षण गरिएको थियो ।

Global Ime bank

यसमा पाठेघर, कलेजो, पेट, आन्द्रा, घाँटी, फोक्सो, वा स्तनमा क्यान्सर देखा परेपनि शरीरका अन्य भागमा नफैलिएका टिस्यूहरुको अध्ययन र परीक्षण गरिएको थियो । त्यसपछि कूल परीक्षणको नतिजा हेर्दा चिकित्सकहरुले ७० प्रतिशत क्यान्सर फेला पार्न सफल भएको बताइएको छ । जोन होप्किन्स युनिभर्सीटीका चिकित्सक क्रिस्टियन टोमासेटीले भने, ‘क्यान्सर जस्तो घातक रोग सुरुवातमै पत्ता लगाउन सक्नु आफैँमा एउटा अत्यन्तै महत्वपूर्ण उपलब्धि हो । र यसको नतिजामा झनै सुधार आउँदा अनुसन्धान उत्साहजनक बन्दै गइरहेको छ । यसको परिणामस्वरुप क्यान्सरका कारण हुने मृत्युदरमा पक्कै पनि ठूलो प्रभाव पर्नेछ किनकी क्यान्सर यस्तो रोग हो जसलाई जति चाँडो फेला पार्यो ठीक हुने सम्भावना उति नै धेरै हुन्छ ।’

कतिपय क्यान्सरको लक्षण धेरैपछि मात्र देखा पर्ने हुँदा ढिला भएका कारण अधिकांश बिरामीको उपचारकै क्रममा मृत्यु हुने गर्छ । त्यसकारण पहिलो स्टेजमै ट्यूमर पत्ता लगाई फाल्न सक्नु भनेको बिरामीका लागि धेरै ठूलो कुरा भएको चिकित्सक टमासेटीले बताएका छन् ।

यसका साथै रगत परीक्षणका लागि पनि धेरै खर्च नलाग्ने भएकाले धेरै मानिसहरुको जीवन बचाउन यसले महत्वपूर्ण भूमिका खेल्ने निश्चित रहेको उनले बीबीसीसँग बताएका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  ०५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC