site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हाइटीका नागरिकलाई रोजगार भिसामा अमेरिका प्रवेशमा रोक
Ghorahi CementGhorahi Cement

काठमाडौं । हाइटीका नागरिकहरुलाई अबबाट मजदुर भिसामा अमेरिका प्रवेश गर्नमाथि प्रतिबन्ध लगाइएको रोयटर्सले बताएको छ । हालै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइटीवासी लगायत अन्य अफ्रिकी मुलुकहरुलाई अपशब्द प्रयोग गर्दै अपमान गरेपछि यसले ठूलो विवाद उत्पन्न गराएको थियो ।

विवादपछि आक्रोशित हुँदै हाइटीको सरकारले ट्रम्पलाई माफी समेत माग्न लगाएको थियो तर ट्रम्पले भने सो आरोप झुटो भएको बताउँदै आइरहेका छन् । आफूले त्यस प्रकारको अपमानजनक शब्द कहिल्यै प्रयोग नगरेको बताएपनि विश्वभर ट्रम्पको कडा आलोचना गरिएको थियो ।

Agni Group

यसै घटनापछि अमेरिकाले हाइटी लगायत अन्य थुप्रै विपन्न अफ्रिकी मुलुकहरुको अमेरिका प्रवेशमा रोक लगाउने निर्णय सुनाएको हो । अमेरिकामा आतङ्कवादको बिगबिगी बढेपछि सुरक्षालाई लिएर अति संवेदनशील बनेका ट्रम्पले ८० वटा राष्ट्रहरुमाथि यो कानुन लागु गराउने बताएका हुन् ।

कम शीप भएका विदेशी कामदारहरु एकपटक अमेरिका भित्रिएपछि लामो समय लुकेर अवैधानिक रुपमा काम गर्नेको पाइन्छ । यसकारणले मानव तस्करीको घटनापनि दिनप्रति दिन बढ्दै गएकाले यसलाई रोक्ने प्रयासमा सो कदम उठाइएको ट्रम्प प्रशासनले बताएको छ ।   

Global Ime bank

समाचारअनुसार पहिले नै आक्रोशित बनिसकेको हाइटीले अमेरिकाको यस्तो निर्णयलाई पटक्कै रुचाएको छैन । मजदुर भिसामा अमेरिका आउने विदेशीहरुमा ४० प्रतिशत हाइटीका नागरिक भएको २०१६ को तथ्याङ्कले देखाएको छ ।

मजदुर भिसा कार्यक्रमको उपयोग ठूलाठूला कृषि कम्पनीहरुले गर्ने गरेका छन् । यस्तोमा कामदारहरुले कम तलबमा पनि धेरै काम गर्न सहमत हुने भएकाले कामदारहरु पाउन अत्यन्तै सजिलो र सस्तो हुने हुँदा यसले अमेरिकी नागरिकहरुको रोजगारीमा नराम्रो असर पारिरहेको पनि बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  ०५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC