site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
केपी अोली, रामचन्द्र पौडेलसहित डेढ सय पूर्वसांसदले बुझाएनन् रातो पासपोर्ट 
Sarbottam CementSarbottam Cement

सामान्यतः रातो पासपोर्ट जुन प्रयोजनका लागि लिइएको थियो त्यो काम सकिनासाथ फिर्ता गर्नुपर्ने नियम छ । त्यसमा पनि पद नरहेपछि रातो पासपोर्ट राख्नु नियमविपरीत हुन्छ । तर, अघिल्लो संसद् सकिएको १०१ दिन पूरा हुँदा पनि तत्कालीन १५५ सांसदले सांसदको हैसियतले लिएको कूटनीतिक राहदानी ( रातो पासपोर्ट) अझै फिर्ता गरेका छैनन् ।

यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । संसद्को कार्यकाल सकिएको एक साताभित्रै त्यस्तो पासपोर्ट फिर्ता गर्नुपर्ने नियम छ । पूर्वसांसदले प्रयोग गरेका ४९८ मध्ये ३१२ वटामात्रै रातो पासपोर्ट फिर्ता भएको नयाँ पत्रिका दैनिकमा कृष्ण कट्टेलले लेखेको समाचारमा उल्लेख छ ।

यसरी रातो पासपोर्ट फिर्ता नगर्नेमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीदेखि रामचन्द्र पौडेल, आरजु राणासम्म रहेको नयाँ पत्रिकाको समाचारमा लेखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रातो पासपोर्ट नफर्काउनेमध्ये ओली, पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, सुजाता कोइराला, आरजु राणा देउवा, अशोक राई, उपेन्द्र यादव, हरिबोल गजुरेल, डा. मीनेन्द्र रिजाल, डा. नारायण खड्का, अमरेशकुमार सिंहलगायतका नेता रहेका छन् ।

सोही समाचारमा संघीय संसद् सचिवालयअन्तर्गत जिन्सी स्टोर शाखाबाट संसद्का पदाधिकारीले ५६ वटा ल्यापटप प्रयोगका लागि लिएका थिए । तीमध्ये अझै ३० वटा ल्यापटप फिर्ता नगरेको समाचारमा उल्लेख छ । संविधान सभाको पहिलो कार्यकालमै १० जनाले लिएको ल्यापटप फिर्ता गरेका छैनन् ।

Global Ime bank

अन्य खबर 
 

आजका सबैजसो पत्रपत्रिकाले राष्ट्रिय सभा निर्वाचनमा दलहरूले चयन गरेका उमेदवार सम्बन्धमा समाचार प्रकाशित गरेका छन् ।

नयाँ पत्रिका दैनिकले राष्ट्रिय सभाको ५६ सिटमा आज उमेदवारी शीर्षकमा समाचार प्रकाशित गरेको छ । समाचारअनुसार ५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जना चयनका लागि आज उमेदवारी दर्ता हुँदैछ । माघ २४ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुन लागेको छ । 

सातैवटा प्रदेशका उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा आज उमेदवारी दर्ता हुनेछ ।

नयाँ पत्रिका दैनिकले प्रमुख दलका उमेदवारको नामावलीसहितको समाचार प्रकाशित गरेको छ । त्यसैगरी आजको नागरिक दैनिकले ‘यस्ता छन् उमेदवार’ शीर्षकमा पहिलो पृष्ठमा यो समाचार प्रकाशित गरेको छ ।

गोरखापत्र दैनिकले राष्ट्रिय सभा निर्वाचन सम्बन्धी समाचारलाई विशेष स्थान दिएको छ । कहाँबाट, कुन दलको को उमेदवार ? भनेर पनि गोरखापत्र दैनिकले समाचार प्रकाशित गरेको छ ।

‘उमेदवारी दर्ता आज’ शीर्षकमा कान्तिपुर दैनिकले पनि यस निर्वाचन सम्बन्धी समाचारलाई विशेष प्राथमिकताका साथमा प्रकाशित गरेको छ ।

कान्तिपुर दैनिकले इन्फोग्राफ बनाएर मतदाता, निर्वाचित हुने सदस्यलगायतमा स्पष्ट पार्ने प्रयास गरेको छ । करिब पाँच कोलममा बक्स बनाइएको यो समाचार राजेश मिश्रले लेखेका हुन् ।

राजधानी दैनिकले प्रदेश २ मा कांग्रेस– मधेसवादी तालमेल, वाम गठबन्धनको तय शीर्षकमा समाचार लेखेको छ । त्यसैगरी अन्नपूर्ण पोस्टमा नरेन्द्र साउदले लेखेको समाचारको शीर्षक छ – राष्ट्रिय सभामा देखिएन राष्ट्रिय अनुहार’

समाचारमा समाजमा योगदान पुर्याएका, ख्यातिप्राप्त, विधि र कानुन जानेका प्रबुद्ध व्यक्तिलाई राष्ट्रिय सभामा लैजानुपर्ने भए पनि त्यस्ता उमेदवार नदेखिएको उल्लेख छ ।

गुटको दलदलमा कांग्रेस 
 

आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेको ‘गुटको दलदलमा कांग्रेस’ शीर्षकको समाचारलाई विशेष महत्त्व दिइएको छ । बक्स समाचारमा गुट  र उपगुटमा सक्रिय नेताको तस्बिरसहितको समाचार प्रकाशित गरिएको छ । समाचारमा जनाइएअनुसार कांग्रेसभित्र अहिले ६ वटा प्रमुख गुट रहेका छन् भने बाँकी ८ भन्दा बढी उपगुट सक्रिय छन् ।

सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विजय गच्छदार, खुमबहादुर खड्का, केबी गुरुङ, कृष्ण सिटौलाका गुट छन् भने विमलेन्द्र निधि, आरजु राणा, गोपालमान श्रेष्ठ, शशांक कोइराला, प्रकाशमान सिंह, रामशरण महत, सुजाता कोइराला, शेखर कोइरालालगायतका उपगुट रहेको समाचारमा जनाइएको छ ।

गोपाल खड्का अख्तियारमा
 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई अनुसन्धानको दायरामा ल्याएको आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

दिलीप पौडेलले लेखेको समाचारमा खड्कासँग अख्तियारले मंगलबार बयान लिएको छ । मंगलबार बयान नसकिएपछि उनलाई बुधबार पुनः बोलाइएको छ ।

सुमार्गीबारे विस्तृत अनुसन्धान सुरु
 

आजको कान्तिपुर दैनिकले विवादमा परेका व्यापारी अजेय सुमार्गीको आर्थिक कारोबारका सम्बन्धमा मंगलबारदेखि विस्तृत अनुसन्धान सुरु गरेको समाचार लेखेको छ ।

पहिलो पृष्ठमा कृष्ण आचार्यले लेखेको समाचारमा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको उल्लेख छ । विभागले सरकारी वकिल, कानुन, कर प्रशासन र प्रहरीका पाँच अधिकारीलाई अनुसन्धान अधिकृत तोकेको छ ।

सम्पादकीय 
 

‘वैदेशिक रोजगारीमा जीवन सुरक्षा’ शीर्षकमा कान्तिपुर दैनिकले सम्पादकीय लेखेको छ । सम्पादकीयमा रोजगारका लागि विदेशमा पुगेका नेपालीको मृत्युका कारणलाई विश्लेषण गरेर न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्ने उल्लेख छ ।

‘बजेट बनाउँदाको गैरजिम्मेवारी’ भन्दै नागरिक दैनिकले सम्पादकीयले लेखेर बजेट बनाउँदा जस्तो गल्ती गरियो, त्यो अक्षम्य गल्ती भएको उल्लेख छ ।

‘खाद्य संकटको विकल्प’ शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीय लेखेको छ । सम्पादकीयमा जाजरकोटका जनतालाई तत्कालै कुनै उपायले चामललगायतका खाद्यान्न सहजरूपमा उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

‘जनप्रतिनिधि जिम्मेवार होऊ’ भन्दै राजधानी दैनिकले स्थानीय जनप्रतिनिधि एवम् कर्मचारीले आगामी दिनमा जनताबाट गुनासो आउन दिने काम गर्नेछैनन् भन्ने विश्वास व्यक्त गरेको छ ।

‘१० महिनामा नसकिने सेमेस्टर’ शीर्षकमा नयाँ पत्रिका दैनिकले सम्पादकीय लेखेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४  ०७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC