site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल र उज्वेकीस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल र उज्वेकीस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध १५८ राष्ट्रसँग जोडिएको छ ।  
गएको शुक्रबार राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र उज्वेकिस्तानका राष्ट्रसंघीय प्रतिनिधि भक्तियोर इब्रागीमोभबीच न्यूयोर्कस्थित नेपाली नियोगमा भएको यो प्रगतिबारे राष्ट्रसंघ सचीवालयलाई पनि जानकारी गराईएको छ । 
त्यस अवसरमा दुबै देशका प्रतिनिधिले आगामी दिनमा आपसी सहकार्यलाई अझ प्रगाढ बनाउँदै लैजाने बताएको नियोगद्वारा जारी प्रेस वक्तब्यमा जनाइएको छ । उज्वेकिस्तान र नेपाल यसअघि पनि राष्ट्रसंघीय कार्यक्रममा आपसी सहकार्य गर्दै आएका छन् ।  
३ करोड २० लाख जनसंख्या रहेको उज्वेकिस्तान संसारको चौथो ठूलो सुन भण्डार भएको देश हो । यो देश धेरै विद्युत उत्पादन गर्ने देश तथा प्रमुख कपास उत्पादन गर्ने देशका रुपमा पनि लिइन्छ ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०७४  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC