प्रविधि

नेपाल टेलिभिजन पनि एचडीको तयारीमा

नेपाल टेलिभिजन पनि एचडीको तयारीमा

काठमाडौँ । सरकारी स्वामित्वको प्रशारण संस्था नेपाल टेलिभिजन एचडी प्रविधिमा स्तरोन्नति हुने भएको छ । एनटिभीले आगामी साउनदेखि एचडी प्रविधिमा प्रशारण सुरु गर्ने तयारी गरेको हो । ३३औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष महेशराज दाहालले टेलिभिजनलाई आगामी साउनबाट ‘एचडी’ प्रविधिमा जाने गरी काम अघि बढाएको जानकारी दिए । 
नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काले स्याटेलाईटबाट १४८ मुलुकमा नेपाल टेलिभिजन हेर्न सकिने र देशको ७२ प्रतिशत जनतासम्म यसको पहुँच पुगेको जानकारी दिए ।


तपाईंको मत