site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
\'१७ लाख पारिश्रमिक लिएकै हुँ\'
Sarbottam CementSarbottam Cement

अघिल्लो वर्ष उत्कृष्ट खलपात्रबाट अधिकांश अवार्ड हात परेका अभिनेता विपिन कार्कीले यो पटक उत्कृष्ट नायकबाट चलचित्रसम्बन्धी अधिकांश अवार्ड जिते । गत वर्ष चलचित्र ‘पशुपतिप्रसाद’ बाट अवार्ड पाएका उनलाई यो वर्ष ‘जात्रा’ले अवार्ड जुराइदिएको हो । प्रत्येक चलचित्रमा आफूलाई फरक र अब्बल सावित गर्दै आएका विपिन चरित्रलाई न्याय गर्न नसक्ने भए उक्त चलचित्र नै नगर्ने बताउँछन् । कलाकार सधैं ‘भर्सटाइल’ हुनुपर्ने बताउने उनी चरित्र अनुसार मेहनत गर्दा सफल भएकाले आफूलाई दर्शकले रुचाएको उनको बुझाइ छ । नेपाली चलचित्रको कथा र निर्माणबाट आफू सन्तुष्ट हुन नसकेको बताउने उनी नेपाली चलचित्र उद्योगमा गर्न धेरै बाँकी रहेको सुनाउँछन् । मेहनत गरे त्यसको फल पाइने बताउने विपिनसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः 

अवार्ड पाउन कसरी काम गर्नुपर्ने रहेछ ?
वास्तवमा अवार्ड भनेको काम गर्नलाई प्रोत्साहन रहेछ । मैले जति पनि अवार्ड पाएँ, त्यसलेमलाई राम्रो काम गर्ने थप प्रोत्साहन मिलेको छ । मेरो कामलाई हेरेर मलाई धेरैले अवार्ड दिइरहनु भएको छ । राम्रो काम गरे पुग्ने रहेछ । कसैलाई भन्नु पनि नपर्ने रहेछ । मात्रै राम्रो काम गरे पुग्दोरहेछ । 

अघिल्लो वर्ष खलपात्रबाट र यो वर्ष नायकबाट अधिकांश अवार्ड जित्नुभयो । काम गर्ने कुनै खास तौरतरिका छ ?
छैन । खासै त्यस्तो केही छैन । कथा बुझेर चरित्रभित्र छिर्नेे हो । त्यति गर्यो भने दर्शक समीक्षकहरुले मन पराइदिनु हुन्छ । अहिलेसम्म पनि मैले गरेको यत्ति नै हो । 
चरित्रमा डुबेर काम गर्न कत्तिको गाह्रो हुन्छ, कुनै चरित्र गर्दाको सम्झना छ ?
मैले ‘कालो पोथी’ मा दलित भएर अभिनय गर्दा सुटिङ गरिएको गाउँमा दुई महिना दलित भएरै बसेको छु । त्यहाँ मलाई चिया खान पसलमा जाँदा माथिबाट गिलासमा चिया हालिदिन्थे । बेन्चमा बस्न दिँदैन थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

‘जात्रा’ मा अभिनय सकेर ‘लुट–२’ मा पित्तले डनको चरित्रमा अभिनय गर्नु पर्नेथियो । ‘जात्रा’मा फणिन्द्रको क्यारेक्टरबाट म उत्रिएकै रहेनछु । निर्देशक निश्चल बस्नेतले थाहा पाएर ‘तपाईंलाई केही दिन लाग्छ ‘जात्रा’ को क्यारेक्टरबाट उत्रिन’ भनेर मालाई केही दिन ग्यापका लागि समय दिनुभएको थियो । 

चलचित्र सफल भयो भने अवार्ड पाइने हो कि, व्यावसायिकताले फरक पार्दैन ?
व्यावसायिकता पनि एउटा कारण त हो । तर, व्यावसायिक रुपमा हिट भएका सबै चलचित्र राम्रा हुन्छन् भन्ने छैन । नाम लिइरहनुपर्छ जस्तो मलाई लाग्दैन । व्यावसायिक रुपमा सफल भएका चलचित्रलाई समीक्षकले राम्रो भनेर लेखेका छैनन् ।  

Global Ime bank

अवार्ड पाउनकै लागि चलचित्र खेलिँदैन । काम राम्रो कसरीगर्न सकिन्छ भन्ने हुन्छ सुटिङको सेटमा । सेटमा अभिनय गर्दा अवार्डका बारेमा सोचिँदैन । 

 तपाईंले ‘जात्रा’ र ‘पशुपतिप्रसाद’ काम गर्दा अहिले जसरी अवार्ड पाइरहनु भएको छ, त्यो बेला सोच्नु भएको थियो पाउँछु भनेर ?
दर्शकले जब चलचित्र मन पराइदिनु भयो, समीक्षकहरुले चलचित्र राम्रो भनेर समीक्षा गर्नुभयो । त्यसछि आशा थियो । तर पाउनैपर्छ भन्ने चाहिँ छैन । दर्शकले मन पराइदिनुभयो भने त्यो नै सबैभन्दा ठूलो कुरा हो । 

प्रत्येक चलचित्रमा फरक फरक चरित्रमा देखिँदै आउनु भएको छ, यो कसरी सम्भव भयो ?
म सुरुमा कथा हेर्छु । राम्रो लाग्यो भनेमात्रै साइन गर्छु । चरित्र खोज्न थाल्छु । के गर्यो भने राम्रो हुन्छ । दर्शकले मन पराउनुहुन्छ त्यो सोच्छु । मलाई विश्वास गर्ने दर्शकलाई, म भनेर हलसम्म पुग्ने जति दर्शक हुनुहुन्छ उहाँहरुलाई निराश पार्नु हुँदैन भन्ने सोचेर काम गर्छु । हरेक कलाकार भर्सटाइल हुनुपर्छ । हैन भने केही समयमै क्यारेक्टर दोहोरिन्छ । 

 तपाईंले अहिलेसम्म गरेका ‘क्यारेक्टर’ निर्देशकले दिएका हुन् कि आफ्नै क्रिएशन हो ?
प्रायः सबै मैले आफैंले गरेको हुँ । कथा हातमा परेपछि म यसलाई कसरी राम्रो बनाउने भनेर सोच्छु । मसँग अझै नेपाली दर्शकले मन पराउने करिब एक दर्जन क्यारेक्टरहरु दिमागमा छन् । मैले सोचे अनुसारको कथा आएपछि त्यसलाई प्रयोग गर्दै जान्छु । 

तपाईं महँगो पारिश्रमिक ‘डिमान्ड’ गर्न थाल्नु भयो भन्ने खबरहरु सार्वजनिक भैरहेका छन् नि !
तपाईंले सुनेको सत्य होला । निश्चल बस्नेतले निर्देशन गर्न लागेको चलचित्र ‘फनफनी’ मा १७ लाख रुपैयाँ लिएको हुँ । म वर्षमा दुइटाभन्दा धेरै चलचित्र गर्दिन । दर्शकलाई मन पर्ने काम गर्छु तर थोरै गर्छु भनेर थोरै चलचित्रमा काम गर्दै आएको हुँ । ५ लाख लिएर महिनामा एउटा चलचित्र खेलेर दर्शकलाई निराश पार्नुभन्दा १५ लाख लिएर दुईटा चलचित्र गरेर ६–७ महिना एउटा चलचित्र लिएर काम गर्दा राम्रो भन्ने लाग्छ । 

पाँच वर्ष अगाडि ‘छड्के’ मा अभिनय गर्दा ५ वर्ष पछाडि १७ लाख डिमान्ड गर्ने अभिनेता बन्छु भन्ने कल्पना गर्नुभएको थियो ?
‘छड्के’ मा म जति देखिन्छु, सुरुमा मेरो रोल त्यति थिएन । मेरो अभिनय देखेपछि बढाउँदै लगिएको हो । जब मैले त्यो चलचित्र गरेपछि मलाई प्रतिक्रिया आयो, त्यसपछि भने मैले थाहा पाएँ म एक दिन राम्रो कलाकार हुन्छु । त्यसभन्दा पहिला थिएटरमा नाटक गर्दा पनि मलाई अरुले गरेको तारिफबाट ‘पोजेटिभ भाइभ्स’ भने आइसकेको थियो ।

अभिनेताले १५–२० लाख रुपैयाँ लिँदा नायिकाहरुको पारिश्रमिक त निकै कम छ, अन्याय हो कि स्वाभाविक ?
पुरुषप्रधान समाज भएकाले पनि यस्तो भएको हो । जवसम्म समातामूलक समाज निर्माण हुँदैन, त्यो समयसम्म योअवस्था रहिरहन्छ जस्तो लाग्छ । अर्को कारण काम अनुसार, चरित्र र उसले गरेको मेहनत पनि होला । राम्रो काम गर्नेले राम्रै पारिश्रमिक लिइरहेका छन् । बलिउडकै कुरा गर्ने हो भने पनि त्यहाँ नायिकाहरुले नायक सरह पनि पारिश्रमिक लिएका खबरहरु आइरहेका छन् । 

कत्तिको आउँछन् अफर ?
निकै धेरै आउँछन् । अहिले ७ वटा स्क्रिप्ट पढ्दैछु । धेरै त वन लाइन स्टोरी पढेर नै मन पर्दैन । ‘छड्के’ बाट नै अफर निकै धेरै आउन थालेको हो । नखेलेको मात्रै हो ।

तपाईंले अभिनय गरेको ‘लालपुर्जा’ चाहिँ चलेन । यसलेकत्तिको असर पर्ला अगाडि बढ्दै गरेको करियरमा ?
चलचित्र टिमवर्क हो । एक्लैले गरेर चलचित्र राम्रो हुँदैन । यो चलचित्रमा सुरुदेखि नै समस्या थियो । मैले त चलचित्र गर्दिन पनि भनें तर साइन गरिसकेकाले खेल्न बाध्य भएँ । तर पनि मेरो क्यारेक्टरमा मैले न्याय गरेको सबैले बताउनु भएको छ । यसको अर्थ मलाई मन पराउनुपर्ने दर्शकलाई मैले यो चलचित्रमा पनि न्याय गरेको छु । 

नेपाली चलचित्रको विषयवस्तु, प्रस्तुति र बजारका हिसाबले तपाईं सन्तुष्ट हुनुहुन्छ ?
छैन । नेपाली चलचित्र उद्योगमा गर्नुपर्ने धेरै छ । विषयका हिसाबले हामीले आफ्नै मौलिक विषय उठाउनु धेरैछ । हामीले आफ्नै खालको चलचित्र बनाउनुपर्छ । विदेशमा चिनजान र सम्बन्धका आधारमा शो किनेर चलाउनुलाई ओभरसिज मार्केट भन्न मिल्दैन । अमेरिकामा चलाउनलाई अमेरिकाको जस्तो चलचित्र बनाएर हुँदैन । हाम्रो आफ्नै हुनुपर्छ । ‘कालोपोथी’ र ‘सेतो सूर्य’ जस्तो मौलिक चलचित्र भयो भने चल्छ भन्ने प्रमाणित भैसकेको छ । सेटमै गएर कथा परिवर्तन हुन्छ । यसरी बनाएका चलचित्रबाट धेरै अपेक्षा गर्न सकिँदैन ।

तपाईं आफैंलाई चाहिँ के गर्न सकिन जस्तो लाग्छ ?
म मेरो कामप्रति नै सन्तुष्ट छैन । हरेक चलचित्र हेर्दा गल्ती मात्रै देख्छु । पढेर मात्रै नहुने रहेछ । काम गर्दै सिक्दै जाने रहेछ । 

‘जात्रा’ मा तपाईंले आफैंले देख्नु भएको आफ्नो कमजोरी ?
‘जात्रा’ मा म आत्तिएको देखिन्छु । दर्शकले थाहा पाउनु हुन्न होला तर म त्यहाँ निकै हतारमा छु । कतिबेला डाइलग सकेर निस्कनु भन्ने हतारोमा देखिन्छु । एक सिनमा १० मिनेट क्यामेरा फेस गर्न पनि म मानसिक रुपमा तयार हुनुपथ्र्यो तर त्यो देखिँदैन । 

तपाईंले चलचित्र कहिले निर्देशन गर्ने ?
मलाई चलचित्र चित्त बुझेको छैन भन्नुको अर्थ म चलचित्र निर्देशन गर्दैछु भन्ने होइन । एउटै विषयवस्तुप्रति सबैको फरक फरक एंगल हुनसक्छ । तर म निर्देशनप्रति चासो चाहिँ राख्छु । कुन क्यामेराले चलचित्र खिचिरहेको छ, कस्तो एंगल छ भनेर सोधिरहेको छु । भोलि निर्देशन नै नगरिएला भन्ने त छैन तर अहिले नै भने सोचेको छैन । 

तपाईंले निर्देशन गरेको चलचित्र कस्तो हुन्छ होला ?
मलाई मन पर्नेचाहिँ पक्कै हुन्छ । धेरै ठाउँ जाँदा चलचित्र हेर्ने दर्शकको आकांक्षा बुझिरहेको हुन्छु । कस्तो चलचित्र मन पराउनुहुन्छ भनेर अध्ययन गरिरहेको हुन्छ, त्यसैले दर्शकले मन पराउने चाहिँ पक्कै हुन्छ ।  

तपाईं आफैंले पनि चलचित्र निर्माण गर्ने गाईंगुईं छ, हो ?
हो । चलचित्र निर्माण गर्दैछु । तर, चलचित्रको नाम भने तय भैसकेको छैन । चलचित्रको स्क्रिप्ट तयार भैरहेको छ । ०७६ सालको सुरुतिर चलचित्र प्रदर्शन हुन्छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०७४  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC